सुजुकीले काठमाडौंको रवि भवनमा शोरुम र ललितपुरको धोबिघाटमा स्टेट अफ आर्ट सेवा केन्द्र सञ्चालनमा ल्याएको छ।
शोरुम र सेवा केन्द्र उद्घाटन एमएसआइएलका कार्यकारी निर्देशक शशांक श्रीवास्तव र सीजी होल्डीङ्सका अध्यक्ष अरुण चौधरीले संयुक्त रुपमा गरेका थिए।
कार्यक्रममा बोल्दै सीजी होल्डीङ्सका अध्यक्ष चौधरीले उपभोक्तालाई सन्तुष्ट पार्न नेपालमा विश्व स्तरिय बिक्री तथा सेवा केन्द्रको आवस्यकता भएको बताए।
‘बिक्री अघि र पछि कुनै पनि कम्पनीले उपलब्ध गराउने ग्राहक सेवा, बिक्रीपछिको सेवा लगायतले ब्राण्ड सफलताको प्रतिनिधित्व गर्छ र यो शोरुम र घोविघाटको स्टेट अफ आर्ट सेवा केन्द्र यही सिद्धान्तको उपज हो’ उनले भने।
नयाँ बिक्री शाखाको उद्घाटनसँगै कम्पनीले अफ्नो बिक्री शाखाको संख्या ३४ र ग्राहक सेवा केन्द्रको संख्या २६ पुर्याइएको छ।