नेपालमा लिपमोटरका सवारी साधनहरूको आधिकारिक वितरक सांग्रिला मोटर्सले बहुप्रतिक्षित लिपमोटर बी–१० को बिक्री–वितरण सुरु गरेको छ।
लिपमोटर बी–१० मा १६० किलोवाटको शक्तिशाली रियर व्हील ड्राइभ मोटर र ६७.१ किलोवाट ब्याट्री क्षमता रहेको छ। जसले एकै चार्जमा ६०० किमी दूरी तय गर्दछ। आराम र व्यावहारिकता दुवैको लागि निर्मित, यसले १८० मिलिमिटरको ग्राउन्ड क्लियरेन्स प्रदान गर्दछ।
यसमा १४.६ इन्च २.५ के एचडी टचस्क्रिन, रेकर्डिङ सहितको ३६० डिग्री क्यामेरा, हिटिङ्ग र भेन्टिलेसन फङ्क्सन सहितको प्रिमियम लेदरेट सिटहरू र सेग्मेन्टकै सबैभन्दा ठूलो प्यानारोमिक सनरुफ विथ सनशेड जस्ता सुविधाहरु रहेका छन।
नाईमा नेपाल मोबिलिटी एक्स्पो २०२५ मा उत्साहजनक स्वागत प्राप्त गरेपश्चात लिपमोटर बी–१० ले यसको आकर्षक डिजाइन, अत्याधुनिक प्रविधि र उत्कृष्ट प्रदर्शनका कारण ध्यान आकर्षित गरेको छ ।
चीनबाट बी–१० को पहिलो ढुवानी आइपुगेसँगै नेपालभरका ग्राहकहरूले अन्ततः दिगो र स्मार्ट ड्राइभिङ्गको अनुभव लिन सक्ने भएका छन्।
सांग्रिला मोटर्स अटोमोबाइल वितरक कम्पनी हो। यसले पूजो, सिट्रन र लिपमोटर जस्ता अन्तर्राष्ट्रिय ब्रान्डलाई प्रतिनिधित्व गर्दछ।