झापाको दमकमा एक ९ वर्षीया बालिकाको बुधबार साँझ विभत्स हत्या भएको छ । दमक २ स्थित हेमराज दाहाल कि ९ बर्षिया छोरी गंगा दाहालको धारिलो हतियार प्रहार गरी हत्या भएको प्रहरीले जनाएको छ। आफ्नै घरमा बसिरहेका बेला अपरिचित ब्यक्तीले गंगाको हत्या गरेको ईलाका प्रहरी कार्यालय दमकले जनाएको छ।
गंगाको हत्या हुँदा घरमा परिवारका अन्य सदस्य कोही नभएको प्रहरीको भनाई छ। त्यसैको मौका छोपी धारिलो हतियार प्रहार गरेर गंगाको हत्या भएको प्रहरीको अनुमान छ।
यसैबीच गंगाको हत्या आशंकामा १ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। प्रहरीले अनुसन्धान प्रकृयालाई असजिलो हुने भन्दै पक्राउ परेकाको नाम र वतन सार्वजनिक गरेको छैन। ‘घटनाबारे हामीले हरेक विधि अपनाएर अनुसन्धान शुरु गरेका छौ,’ जिल्ला प्रहरी कार्यलय झापाका सूचना अधिकृत प्रहरी नायव उपरीक्षक हरिप्रसाद शर्माले सेतोपाटीलाई भने,‘हत्यारा उम्कन सक्ने अवस्था छैन।’
मृतक बालिकाको शव अहिले पोष्टमार्टमका लागि मोरङको मंगलबारे प्राथमिक स्वास्थ्य केन्द्रमा लगिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।