छिमेकीको घर पैचो कार्यक्रमको प्रसाद खाँदा झापा शिवसताक्षी १० दोमुखाका २५ जना बिरामी भएका छन्।
उनीहरु सबैको दमकस्थित आम्दा अस्पताल र लाईफलाईन अस्पतालमा उपचार भईरहेको ईलाका प्रहरी कार्यालय झिलझिलेले जनाएको छ।
स्थानीय नेत्र दाहालले नयाँ घर प्रवेश कार्यक्रममा गरेको रात्रि भोज कार्यक्रममा भोज खादा दोमुखाका २५ जना विरामी भएको ईलाका प्रहरी कार्यालय झिलझिलेका प्रहरी निरीक्षक कुन्दन देवले सेतोपाटीलाई बताए।
बिरामी मध्ये ७ जना दाहालका पाहुना, १६ जना छिमेकी र दाहाल दम्पति छन्। ती मध्ये १८ जनाको आम्दा र ७ जनाको लाईफलाईन अस्पतालमा उपचार भईरहेको प्रहरीले जनाएको छ।
मंगलवार राति राँगा, वोईलर कुखुराको मासुसहित र पानी पुलाउको भोज भएको स्थानीयबासीले बताए। मासुमा खाने तेलको खराबी भएको हुनसक्ने चिकित्सकले अनुमान गरेका छन्। तर, कुन तेल प्रयोग भएको थियो भन्ने बारेमा केही खुलेको छैन।
गृह प्रवेश कार्यक्रममा क्रिश्चियन धर्म संस्कार अनुसारको भोज कार्यक्रमको आायोजना गरिएको आयोजक नेत्र दाहालले आफूहरुलाई बताएको प्रहरीले जनाएको छ।
शुरूमा झाडा बान्ता आउने रिंगटा लाग्ने र बेहोस भई ढल्ने लगायतका लक्ष्यण देखा परेपछि उनिहरुलाई उपचारका लागि दमक लगिएको स्थानीय पुष्प पौडेलले बताए। यद्धपि विरामि सवै खतरा मुक्त छन्।