आवस्यक प्रक्रिया पुरा नहुँदै तत्कालिन प्रधानमन्त्री केपी ओलीले हतारहतारमा उद्घाटन गरेपनि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्य उद्घाटन भएकाे एकवर्ष पछि बल्ल शुरु हुने भएको छ। अघिल्लो वर्षको वैशाखमा उद्घाटन गरिए पनि चिनियाँ बैंकसँगको ऋण सम्झौता सक्रिय नहुँदा निर्माण कार्यमा ढिला भएको थियो।
तत्कालिन प्रधानमन्त्री ओली चीन भ्रमणको क्रममा सन् २०१६ मा चिनियाँ बैंकसँग ऋण सम्झौता भएपनि सक्रिया नहुँदा निर्माण कम्पनीले तयार पारेको डिपिआर दिन र काम अगाडि बढाउन इन्कार गर्दै आएको थियो। तर यही हप्ता उक्त सम्झौता सक्रिया भएकोले अब काम द्रतताका साथ अगाडि बढ्ने र यही मे ३१ देखि लागु भएर चारवर्षभित्र विमानस्थल निर्माण हुने आयोजना निर्देशक प्रदिप अधिकारीले जानकारी दिए।
विमानस्थल निर्माणको लागि नेपाल पक्षले गर्नुपर्ने सबै काम सम्पन्न गरिसक्दा पनि चिनियाँ पक्षले ढिलाई गर्दा आयोजना पहिले तोकिएको मितिभन्दा कम्तिमा पनि एक वर्षलाई पर सरेको छ। सन् २०२० मा निर्माण सम्पन्न गर्ने लक्ष्य लिइएको भएपनि सम्झौता सक्रिय नहुँदा सन् २०२१ मेमामात्र निर्माण हुने भएको छ।
नेपाल पक्षले गर्नुपर्ने सबै काम गरिसक्दा पनि चिनियाँ बैंककसँग धितोको विषयमा कुरा नमिल्दा ऋण सम्झौता कार्यन्वयनमा ढिलाई भएको थियो। एक्जीम बैंकसँग ऋण सम्झौता भएपनि बैंक, नागरिक उड्डय प्रािधरण र तेस्रो पक्ष सम्मलित ‘इस्कु’ खाता नखोलेसम्म ऋण सम्झौता कार्यन्वयन हुँदैन जुन बैंकले गर्न मानेको थिएन।
बैंकले धितोको रुपमा नेपालभरका विमानस्थलहरु राख्नुपर्ने शर्त राखेको थियो तर नेपालका अन्य विमानस्थलमा एडिबी लगाएतका संघसंस्थाहरुको लगानी भएकोले पोखरा बाहेक अरु धितोको रुपमा राख्न नसकिने नेपाल पक्षले अडान लिँदै आएको थियो। अन्ततः चिनियाँ बैंक अडानबाट पछि हटेपछि ‘इस्कु’ खाता संचालनमा आएकोले विमानस्थल निर्माण अगाडि बढ्ने अधिकारीले जानकारी दिए।
नागरिक उड्डय प्राधिकरण(क्यान) र अर्थमन्त्रालबीच साहयक ऋण सम्झौता सम्पन्न भइसकेको, जग्गा प्राप्ती गरिसकेको, विमानस्थल बाहिरको पूर्वाधार निर्माणको लागि नेपाली पक्ष नियुक्त गरिसकेको, वातावरणिय अध्ययन सम्पन्न गरिसकेको, डिजाइन तयार भइसकेको र उक्त डिजाइन पास गर्नको लागि कन्सलट्यान्ट नियुक्त गर्ने प्रक्रिया सुरु भइसकेको अधिकारीले जानकारी दिए। अब ऋण सम्झौता कार्यान्वयन भएकोले सबै काम योजनाअनुसार अगाडि बढ्ने अधिकारीहरुले बताएका छन्।
डिजाइन बनाइरहेको चाइना सिएएनसी इन्जिनियरिङ कन्सलटेन्सीले ऋण सम्झौता कार्यन्वयन नहुन्जेल डिजाइन नदिने अडान लिएको थियो। तर अब उसले तयार पारेको विस्तृत अध्ययन प्रतिवेदन क्यानलाई उपलब्ध गराउने र क्यानबाट पास गर्ने समय यही वर्षायामभित्र सकिने भदौपछि भौतिक निर्माणमा आयोजना अगाडि बढ्ने् अयोजना प्रमुख अधिकारीले जानकारी दिए।
त्रिभुवन विमानस्थलमा चाप बढेको र अर्कोतिर हवाई सेवाप्रदायकहरुले विमान थप गरिरहेको सन्दर्भमा बैकल्पिक विमानस्थल अनिवार्य बन्दै गएको छ। तर बन्ने भनिएका विमानस्थलहरु ढिला हुँदा पर्यटन क्षेत्र प्रभावित हुने व्यवसायीहरुको भनाइ छ।
करिब २२ अर्बको लागतमा बन्ने उक्त आयोजनामा सरकारले हालसम्म साढे पाँच अर्ब रुपैयाँ लगानी गरिसकेकोले यो आयोजना प्राथमिकतामा नपरेको भन्ने आरोप सही नभएको आयोजनाका निर्देशक अधिकारीको भनाइ छ। उनका अनुसार साढे तीन अर्ब मुआब्जामा, बाँकी एक अर्ब निकासा हुन बाँकी अन्य पूर्वाधारको लागि एक अर्ब रुपयाँ लागनी भइसकेको आयोजनाले जानकारी दिएको छ।
२५ सय मिटर लामो र ४५ मिटर चौडाईको धावनमार्ग बन्ने उक्त विमानस्थल निर्माणको लागि २१५.९६७ मिलियन अमेरिकी डलर लाग्ने छ। जसमा चिनियाँ आयात निर्यात(एक्जिम) बैंकले २१४.७ मिलियन अमेरिकी डलर ऋण दिने छ। ७५ प्रतिशत ऋण र २५ प्रतिशत अनुदान रहेको उक्त ऋणको ब्याजदर भने २ प्रतिशत रहने सम्झौतमा उल्लेख गरिएको छ।
निर्माण हुने उक्त विमानस्थलमा पाँचवटा मध्यमस्तरिय विमान पार्किङ गर्ने वे निर्माण हुनेछन्। जहाँ बोइङ–७५७ र एयरबस २१९ मोडलका न्यारोबडी विमानहरुमात्र ल्यान्ड गर्नमिल्ने छ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भने ९ वटा पार्किङ वे छन् भने ३ हजार मिटरको धावनमार्ग रहेको छ।