देशैभर समस्याको रुपमा रहेको थर्माेकोल (फ्रिज, टिभी आदि खरिद गर्दा प्याकेजिंगको रुपमा आउने सेतो पोलिस्टारिन) लाई पुनः प्रयोग गरी निर्माण सामाग्री उत्पादनमा कच्चा पदार्थको रुपमा प्रयोग गर्ने भएको छ । नेपालमै पहिलो पटक उत्पादित गोर्खा इको प्यानलले आफनो मुख्य कच्चा पदार्थ थर्माेकोल पुनः प्रयोग गर्न मिल्ने मेशिन डिजाइन गर्न सफल भएको छ ।
विश्व वातावरण दिवसको अवसरमा सोमबार आयोजित कार्यक्रममा व्यवसायीहरुले नेपालमै ठूलो समस्याको रुपमा रहँंदै आएको थर्माेकोललाई पुन प्रयोग गरी आफूहरुले इको प्यानल उत्पादनमा प्रयोग गर्ने जानकारी दिए । गोर्खा इको प्यानलका प्रमुख कार्यकारी अधिकृत कृष्णभक्त दुवालले नकुहिने फोहोरको रुपमा रहेर सरकारकै टाउको दुखाईको रुपमा रहेको थर्माेकोलबाट आफूहरुले आगामी दिनमा इको प्यानल उत्पादनमा प्रयोग गर्न लागेको जानकारी दिए ।
‘नकुहिने यो फोहोर सरकारलाई डम्पिङ गर्न ठूलो समस्या छ, सीईओ दुवालले भने, ‘जलाउँंदा पनि यसले प्रदूषण नै गरेको हुन्छ । यसहिसावले यो सरकारकै टाउको दुखाइको विषय हो।’ यसले डम्पिंङ साइटमा धेरै ठाउँंसमेत ओगटेको हुन्छ । यो चराचुरुगीं र माछाले खाँंदा उनीहरुको स्वास्थमा प्रतिकुल असर पर्दछ ।
गोर्खा इको प्यानलले आफनो उत्पादनमा प्रयोग गर्ने थर्मोकोल विदेशबाट आयात गर्दै आएको छ। थर्मोेकोललाई आफूहरुले रिसाइकल गरी गोर्खा इको प्यानल उत्पादन गर्दा पाँंच प्रतिशतसम्म मिसाए पनि हुने अनुसन्धानबाट देखाएको दुवालले जानकारी दिए । भविष्यमा विभिन्न महानगरपालिका, उपमहानगरपालिका, नगरपालिकाहरु समन्वय गरी सरकारी टाइको दुखाईको रुपमा रहेको थर्माेकोल रिसाइकल गरी पुन प्रयोग गर्न समन्वय गर्ने योजना रहेको उनले सुनाए । कसैले थर्माेकोल संकलन गरी राखे त्यस्ता व्यक्ति वा संस्थाबाट खरिद गर्ने योजना रहेको सीईओ दुवालले जनाए ।
इको प्यालन इटाको सटामा रहेको गर्न सकिने निर्माण सामाग्री हो । इटाभन्दा हलुका, भूकम्पप्रतिरोधीलगायका कारण यो पछिल्लो वर्ष लोकप्रिय निर्माण सामाग्रीको रुपमा रहेको छ ।