पोखराबाट काठमाडौं र काठमाडौबाट पोखराका लागि अत्याधुनिक सुविधायुक्त बस सञ्चालनमा आएको छ। पोखरा काठमाडौ पर्यटक बस सञ्चालन गर्दै आएका ९ वटा ट्राभल्स सञ्चालकहरु मिलेर नयाँ बस संचालनमा ल्याएका हुन्। बसमा स्लिपर सिट, मिनिबार, शौचालय र चुरोट सेवन गर्नेका लागि छुटै कोठा रहेको छ।
अत्याधुनिक सुविधासम्पन्न बसमा २८ वटा स्लीपर सिट रहेका छन्। पोखराबाट बिहान ८ बजे तथा काठमाडौबाट साढे ७ बजे बस छुट्ने सञ्चालक सञ्जयकान्त सिग्देलले जानकारी दिए।
उनले अहिले ४ वटा बसबाट सेवा सुरु गरेको बताउदै तीन महिना भित्र ५ वटा थप गरि ९ वटा बसबाट सेवा दिने लक्ष्य रहेको बताए। उनले पोखरा काठमाडौ सेवा सुरु भई सकेको र केही दिनमा काठमाडौ लुम्बिनी बस सेवा सुरु गर्ने लागेको बताए। बसको भाडादर १७ सय रुपैयाँ रहेको उनले जानकारी दिए।
यात्रुले खाना, चिया, कफी, चिसो, कुकिज, पत्रपत्रिका, लगायतको सुविधा प्राप्त गर्नेछन्। काठमाडौंबाट एक र पोखराबाट एक गरी दुई वटा बस सञ्चालनमा आउने र यात्रुको माग तथा आवश्यकता अनुसार थप गर्दै लगिने उनको भनाई छ।
ट्राभल नेपालले सञ्चालन गरेका ९ वटा बसमा करिब १० करोडको लगानी रहेको उनले बताए । बिहीबार पोखराबाट काठमाडौ जाने प्यासीन्जरलाई नाटा पोखराका अध्यक्ष दिल गौतमाले खादा लगाएर विदाई गरे।