दक्षिण कोरियाली स्मार्टफोन सामसङको सामसङ ग्यालेक्सी एस–२४ सिरिजको बुकिङ सुरू भएको छ।
ग्यालेक्सी एस–२४ अल्ट्रा, ग्यालेक्सी एस–२४ प्लस र ग्यालेक्सी एस–२४ बेसको बुकिङ खुलेको कम्पनीले जानकारी दिएको छ।
अग्रिम बुकिङ गर्ने ग्राहकले अल्ट्रा–२५६ जिबी किन्दा डबल मेमोरी र बड्स एफई निशुल्क पाउने छन्। साथै, ४ जिबी र्याम ६४ जिबी स्टोरेज भएको ट्याब ए–८ एलटीई दुई हजार पाँच सय रूपैयाँमा पाउने कम्पनीले बताएको छ।
त्यस्तै, प्लस र बेसको खरिदमा बड्स एफई ४ हजार रूपैयाँ पाउने छन्।
उपहार बाहेक अग्रिम बुकिङ गर्ने पहिलो पाँच सय ग्राहकहरूले एनसेल प्रिमियम नम्बर प्रतिदिन ७० मिनेट अल नेट भ्वाइस, सात सय एमबी डेटा र ७० एसएमएस सुविधा ६ महिनाका लागि तीन हजार पाँच सय रूपैयाँ पाउने कम्पनीले बताएकाे छ।
फोनका विशेषताः
ग्यालेक्सी एस–२४
- ६.८ इन्च फ्ल्याटर डिस्प्ले
- १२ जिबी र्याम २५६ जिबी स्टोरेज
- कालो, खैरो र भायोलेट रङमा उपलब्ध
- मूल्य एक लाख ९९ हजार ९ सय ९९रूपैयाँ
ग्यालेक्सी एस–२४ अल्ट्रा
- ६.८ इन्च फ्ल्याटर डिस्प्ले
- १२ जिबी र्याम ५६ जिबी स्टोरेज
- कालो, खैरो र भायोलेट रङमा उपलब्ध
- मूल्य एक लाख ८४ हजार ९ सय ९९ रूपैयाँ
ग्यालेक्सीएस–२४ प्लस
- ६.७ इन्च डिस्प्ले
- ८ जिबी र्याम २५६ जीबी स्टोरेज
- भायोलेट र पहेलो रङमा उपलब्ध
- मूल्य एक लाख ४२ हजार नौ सय ९९ रूपैयाँ
ग्यालेक्सी एस–२४ बेस
- ६.२ इन्च डिस्प्ल
- ८ जिबी र्याम २५६ जीबी
- भायोलेट, पहेँलो रङमा उपलब्ध मूल्य एक लाख १९ हजार नौ सय ९९ रूपैयाँ
ग्राहकले यी फोन सामसङको वेवसाइट र नजिककाे स्टोरमा आगामी २३ गतेसम्म बुकिङ गर्न सक्ने कम्पनीले बताएको छ।