ट्विटर (हालको एक्स)का पूर्व प्रमुख कार्यकारी अधिकृत (सिइओ) पराग अग्रवालले आफ्नै एआई स्टार्टअप सुरू गर्ने भएका छन्।
'द इकोनोमिक टाइम्स' का अनुसार स्टार्टअप सुरू गर्नका लागि अग्रवालले ३० मिलियन अमेरिकी डलर लगानी प्राप्त गरेका छन्।
सन् २०२२ को अक्टोबरमा ट्विटरको स्वामित्व आफूले लिएपछि एलन मस्कले त्यसबेलाका सिइओ अग्रवालसहित उच्च तहका कर्मचारीहरूलाई बर्खास्त गरेका थिए
हाल विश्वचर्चित एआई कम्पनी ओपनएआईको प्रारम्भिक समर्थक विनोद खोस्लाको नेतृत्वमा रहेको खोस्ला भेन्चर्सले नै अग्रवालको कम्पनीमा लगानी गर्न लागेको भन्ने छ। तर रिपोर्टहरू हालसम्म सार्वजनिक भने गरिएको छैन।
त्यस्तै इन्डेक्स भेन्चर र फ्रस्ट राउन्ड क्यापिटलले पनि अग्रवालको कम्पनीमा लगानी गर्ने रिपोर्टमा उल्लेख गरिएको बताइएको छ।