सामसङ नेपालले नेपाली बजारमा ग्यालेक्सी ए२५ ५जी ल्याएको छ।
यो स्मार्टफोनले फुल एचडी प्लस रिजोलुसन र भिजन बुस्टरका साथ ६.५ इन्चको सतहयुक्त सुपर एमोएलइडी स्क्रिन प्रदान गर्ने कम्पनीले बताएको छ।
यस फोनको अगाडि १३ एमपीको सेल्फी क्यामरा जडित छ भने पछाडि ओआइएस र भिडिआईएस (इआइएस) युक्त ५० एमपीको मुख्य क्यामरा रहेको छ, जसले प्रयोगकर्ताहरूलाई स्थिर, धमिलोरहित फोटो र भिडियोहरू खिच्न सहयोग गर्ने कम्पनीको भनाइ छ।
यसका साथै यसमा ८ एमपी अल्ट्रा वाइड क्यामेरा र २ एमपी म्याक्रो क्यामेरा पनि अतिरिक्त रहेको छ।
यस स्मार्टफोनमा एक्सिनोस १२८० प्रोसेसर जडित छ भने यसमा १२० हर्जको फोन रिफ्रेस दर पनि रहेको हुँदा सञ्चालन प्रणाली निर्वाध चलिरहन्छ।
सामसङ ग्यालेक्सी ए२५ ५जीसँग सामसङ नक्स भल्टको छ, जसले फोनलाई कुनै पनि हार्डवेयरको आक्रमणले छुन दिँदैन।
ग्यालेक्सी ए २५ ५जीको ५ हजार एमएएच ब्याट्री रहेको छ भने २५ वाटको टाइप सी चार्जरको सहायताले तुरुन्तै रिचार्ज समेत गर्न सकिनेछ।
ग्यालेक्सी ए२५ ५जि ८जिबी र्याम र १२८–२५६ आन्तरिक स्टोरेजमा उपलब्ध छ। यसमा माइक्रो एसडि कार्डको प्रयोग गरी थप १ टिबिसम्म स्टोरेज क्षमता बढाउन सकिन्छ। यो फोन गाढा नीलो, नीलो र पहेंलो गरी तीन रंगहरूमा पाइन्छ।
यो स्मार्टफोन हाल ८/१२८ जिबीको मूल्य ४० हजार ९९९ रूपैयाँ र ८/२५६ जिबीको मूल्य ४४ हजार ९९९ रूपैयाँ तोकिएको छ।