चिनियाँ भाषामा नेपाल पर्यटन बोर्डको वेबसाइट सुरू भएको छ।
सोमबार राजधानीमा आयोजित एक कार्यक्रमकाबीच उक्त वेबसाइटको उद्घाटन गरिएको हो।
पर्यटनमन्त्री रवीन्द्र अधिकारीले उक्त वेबसाइटले नेपाल भ्रमण गर्ने चिनियाँ पर्यटकहरूलाई धेरै सुविधा दिइने अपेक्षा गरिएको बताए।
एनटीबीको पहलमा उक्त वेबसाइट सुरू गरिएको हो।
चिनियाँ पर्यटकहरुका लागि अन्तरक्रियात्मक सामग्रीसहितकाे वेबसाइट बनाइएकाे मन्त्री अधिकारीले जानकारी दिए।