एनसेल फाउन्डेसनले नेपाल प्रिमियर लिग (एनपिएल) सिजन–२ मा हानिने प्रत्येक चौका अनुसार ग्रामीण तथा दुर्गम क्षेत्रका सामुदायिक विद्यालयका विद्यार्थीलाई ४ वटा शैक्षिक सामग्री उपलब्ध गराउने घोषणा गरेको छ।
गत वर्ष ६ सय ५३ चौकाबाट २ हजार ६ सय १२ विद्यार्थी लाभान्वित भएको र देशभर ९ हजारभन्दा बढी विद्यार्थीले शैक्षिक सामग्री प्राप्त गरिसकेकाले यस वर्ष पनि कार्यक्रम निरन्तरता दिइएको एनसेलले जनाएको छ।
स्कूल ब्याग, कापी, कलम, इरेजर, कटरलगायत सामग्री समावेश रहने यी किटहरू स्रोत–साधन अभाव भएका विद्यालयका विद्यार्थीका लागि उपयोगी हुने एनसेलको विश्वास छ।
‘क्रिकेटले हामीलाई जोड्छ, हरेक चौका विद्यार्थीको सिकाइ र अवसरसँग जोडियोस् भन्ने चाहना हो,’ एनसेलकी कर्पोरेट कम्युनिकेशन तथा सस्टेनेबिलिटी डाइरेक्टर विशाखा लक्ष्मी खड्काले भनिन्।
शैक्षिक सामग्री क्यान, स्थानीय निकाय र कार्यान्वयन साझेदारको सहकार्यमा वितरण गरिने एनसेलले जनाएको छ।