विश्व बजारमा फोनको बिक्री ओरालो लाग्दै गएको छ। सन् २०१८ को पहिलो तीन महिनामा बिक्री भएको फोनको.संख्या अघिल्लो वर्षको सोही अवधिको तुलनामा २.९ प्रतिशतले घटेको छ।
प्रविधि तथा दुरसञ्चार सम्बन्धी अनुसन्धान गर्ने अन्तराष्ट्रिय संस्था ‘इन्टरनेश्नल डाटा कर्पोरेसन’ (आइडीसी) ले जनाए अनुसार यस वर्षको मार्च महिनासम्मको तीन महिनको समयमा विश्वभर करिब ३३ करोड ४३ लाख फोन सेट बिक्री भएका छन् जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा १ करोड ११ लाखले कम हो।
२०१७ को पहिलो मार्चसम्ममा ३४ करोड ४४ लाख फोन सेटहरु विक्री भएका थिए। तर एक वर्षको अवधिमा फोेनको बिक्रीमा आएको एक करोडभन्दा बढीको संख्यात्मक गिरावट गत ५ वर्षयताकै उच्च हो। सन् २०१३ देखि हालसम्म यती ठूलो परिणाममा फोनको विक्रीमा गिरावट आएको थिएन्।
फोनको विक्री ओरालो लाग्नुका पछाडि चिनिया बजार प्रमूख कारण रहेको आइडीसीले ठहर गरेको छ।
‘फोन निर्माता कम्पनीले सार्वजनिक गर्ने नयाँ स्मार्टफोन ग्राहकले माग गर्ने सबैखाले फिचर्स अपग्रेड भएर आइरहेका छ्रैन्न। त्यसकारण प्रिमियम फोन रुचाउने ग्राहक मात्र एकदुई वटा अपग्रेडेड फिचर्सका लागि पुरानो छोडेर नयाँमा सिफ्ट हुन मानिरहेका छैन्न’, आइडीसीकी रिसर्च निर्देशक मेलिशा चाओले बताएकी छन्।
यसबाहेक प्रिमियमझैं मध्यम मूल्यका फोन निमार्ण बढाउन नसक्नु स्मार्टफोनको विश्वव्यापी बिक्रीमा आएको कमीको अर्को कारण रहेको चाओको भनाइ छ।
‘शाओमी र हुवावे जस्ता ब्राण्डले मध्यम रेन्जको फोनलाई बढी प्राथमिकतामा राखेका छन्। यसले उनीहरुको बजार तीब्ररुपमा बढाइरहेका छन्’, चाओले भनिन्, ’तर यीनको तुलनामा सामसङ, एप्पल जस्ता कम्प्नीले त्यसो गर्न सकिरहेका छैन्न जसले गर्दा यीनको विक्री घटेको छ।’
सबैभन्दा बढी रुचाइएका प्रमुख ५ ब्राण्ड, सामसङ, एप्पल, हुवावे, शायोमी र ओप्पो मध्य आक्रामक व्यपार शाओमीले गरेको छ।
चिनिया कम्पनी शाओमीले यसवर्ष ८७ प्रतिशतले व्यापार बढाएको गरेको छ। अघिल्लो वर्षको मार्चसम्ममा ४.३ प्रतिशत बजार ओगटेको कम्पनीले यसवर्ष ८.४ प्रतिशत पुर्याएको छ। गत वर्षकोल पहिलो तीन महिनामा कम्पनीले एक करोड ४८ फोन सेट विक्री गरेकोमा यसवर्ष सोही अवधिसम्ममा २ करोड ८० लाख सेट बेच्न सफल भएको छ।
शाओमीको आधाभन्दा बढी हिस्सा चीनभन्दा बाहिरको बजारमा रहेको छ। भारत र मध्यपूर्वी एसियामा कम्पनीले आक्रामकरुपमा बजार बढाउँदै लगेको छ। कम्पनीको कम तथा मध्यम मूल्यको फोनको व्यापार आक्रामरुपमा बढेको छ।
त्यस्तै शाओमी पश्चात अर्को चिनियाँ ब्राण्ड हुवावेले यसवर्ष राम्रो व्यापार गरेको छ। हुवावेले यसवर्षको तीन महिनासम्ममा ३ करोड ९३ लाख सेट विक्री गरेको छ। गत वर्षको सोही अवधिमा कम्पनीले ३ करोड ४५ लाख सेट फोन बेचेको थियो जुन यसवर्षको तुलनामा १३.८ प्रतिशतले कम हो। योसँगै कम्पनीको बजार हिस्सा १० प्रतिशतबाट बढेर ११.८ प्रतिशत पुगेको छ।
हुवावेको चीनमा महँगा तथा चीनबाहिर कम तथा मध्यम मूल्य सेगमेन्टका फोन बढी लोकप्रिय छन्।
दुई चिनिया पश्चात अमेरिकी कम्पनी एप्पले सन्तोषजनक व्यपार गरेको छ। गत सेप्टेम्बरमा सार्वजनिक गरिएका आइफोन टेन, ८ र ८ प्लसले एप्प्लको व्यापारलाई राहत दिएको छ।
गत वर्षको पहिलो तीन महिनासम्ममा ५ करोड ८ लाख फोन बेचेको एप्पलले यसवर्षको सोही अवधिमा ५ करोड २२ लाख सेट विक्रि गर्न सफल भएको छ। योसँगै कम्पनीले गतवर्षको तुलनामा २.८ प्रतिशतले बजार बढाएको छ। एप्प्लको गतवर्ष १४.७ प्रतिशत बजार हिस्सा रहेकोमा यसवर्ष १५.६ प्रतिशत कायम गरेको छ।
यी तीनबाहेक अन्य दुई कम्पनी ओप्पो र सामसङको व्यापार भने ओरालो लागेको छ। यसवर्ष ओप्पो र सामसङको व्यापारमा क्रमश ७.५ र २.४ प्रतिशतले गिरावट आएको हो।
चिनिया कम्पनी ओप्पोले गत वर्षको पहिलो तीन महिनामा २ करोड ५८ लाख फोन सेट विक्री गरेको थियो। तर यसवर्षको सोही अवधिसम्ममा भने कम्पनीले २ करोड ३९ लाख सेट मात्र बेचेको छ। यससँगै कम्पनीको बजार हिस्सा समेत ७.५ बाट ७.१ प्रतिशतमा खुम्चिएको छ।
त्यस्तै दक्षिण कोरियाली ब्राण्ड सामसङले यसवर्षको पहिलो तीन महिनाको अवधिमा ७ करोड २० लाख फोन विक्री गरेको छ। यद्यपी कम्पनीले गत वर्षको सोही अवधिसम्ममा ८ करोड फोन बेचेको थियो। यससँगै कम्पनीको बजार हिस्सा २३.४ बाट २३.३ प्रतिशतमा सिमित भएको छ।
यद्यपी फोनको व्यापारमा कमी आएपनि सामसङको विश्वव्यापी बजार हिस्साको पहिलो स्थानमा कायम छ। सामसङको २३.४ प्रतिशत बजारहिस्सा रहेकोमा त्यसपश्चात क्रमश एप्पलले १५.६ , हुवावेले ११.८, शाओमीले ८.४ र ओप्पोले ७.१ प्रतिशत बजार ओगटेका छन्।
यी पाँच कम्पनीको मात्र बजारमा व्यापारको ६६.३ प्रतिशत हिस्सा रहेको छ। यीबाहेकका अन्य सबै कम्पनीको भने ३३.७ प्रतिशत बजार छ।
अन्य कम्पनीहरुको बजार निरन्तर ओरालो लाग्दै गएको छ। गत वर्ष फोनको व्यापारमा प्रमूख पाँच बाहेकका अन्य कम्पनीको ४०.२ प्रतिशत योग्दान हुने गरेकोमा हालभने त्यो खस्कँदै ३३.७ प्रतिशतमा सिमित भएको छ।
यी कम्पनीले २०१७ को मार्चसम्ममा १३ करोड ८३ लाख फोन बेचेका थिए भने २०१८ को सोही अवधिसम्ममा भने ११ करोड २७ लाख सेट मात्र विक्री गर्न सकेका छन्।
(एजेन्सीहरुको सहयोगमा)