जगदम्बा सिमेन्ट उद्योगबाट उत्पादित फोर्स सिमेन्ट नयाँ प्याकमा उपलव्ध भएको छ। उपभोक्ताको मागलाई मध्यनजर गर्दै आफ्नो उत्पादनलाई अझ परिष्कृत गरिएको उद्योगले जनाएको छ। फोर्स प्याकेजिङ्ग अझ आकर्षक र उपभोक्ता मैत्री भएको उद्योगको भनाइ छ।
हालै मात्र विश्वस्तरीय प्रविधि जडान गरी उत्पादनलाई थप गुणस्तरिय बनाउने उद्देश्यले जगदम्बा सिमेन्टले यूरोपियन अत्याधुनिक प्रविधि भिआरएम जडान गरी उत्पादन गर्दै आएको छ।
जगदम्बा ग्रुपले सबै प्रकारका ओपिसी, पिपिसी र पिएससी सिमेन्ट उत्पादन गर्दै आएको छ। दुवै उद्योगबाट दैनिक १ लाख १० हजार बोरा बिक्री वितरण हुने गरेको जगदम्बाको दावी छ।