दिन होस् वा रातमा, चस्माको आकर्षण सदाबहार छ। धुलो-धुवाँ, घाम-पानी जस्तो सुकै अवस्थामा पनि अाँखालाई सुरक्षा दिन चस्माको आवश्यकता पर्छ। १५/२० बर्ष अगाडीसम्म पनि धनी वर्ग वा आँखामा समस्या भएको व्यक्तिले चस्मा लगाउछन् भन्ने साधारण मानसिकता थियो। पहिले पहिले त कतिपयले बिवाहमा अरुको चस्मा मागेर समेत काम चलाउने गरेको कथा सुन्न पाइन्छ।
त्यतिबेला चस्मा नेपालमा कम पाइन्थ्यो र किन्ने क्षमता पनि आम नेपालीमा थिएन्। तर अहिले चस्मा आम मानिसको आवश्यक वस्तु बनेको छ। बजारमा चस्मा बिभिन्न मूल्य र विशेषता भएका चस्माहरु सर्वसुलभ उपलब्ध छन्।
नेपाली बजारमा उच्च गुणस्तरको महँगो रेबन, पोलिस, गुस्सी लगाएतका कम्पनीहरुको चस्मा देखि यीनै कम्पनीहरुको सस्तो कपी प्रोडक्टसम्म उपलब्द छन्। जसले गर्दा थोरै आए भएकाहरुले पनि आवश्यकता अनुसार चस्मा किनेर लगाउने विकल्प छ।
अहिले सडक पेटिको पसल देखी ठूला–ठूला सपिङ कम्प्लेक्ससम्म बिभिन्न गुणस्तर र मूल्यका चस्माहरु पाइन्छन्।
चस्मा कम्पनीहरुले पनि बजारमा फरक–फरक डिजाइनका चस्माहरु भित्राइरहेका छन्।
सामान्यतया उपभोक्ताहरु समय र कपडा अनुसार चस्मालाई पनि मिलाएर लगाउन रुचाउँछन्। जसको लागि उनीहरुले हजारौ रुपैयाँ खर्च गरिरहेका हुन्छन्।
उपभोक्ताको यही कुरालाई ध्यानमा राखेर चस्मा कम्पनीहरुले म्याग्नेटिक क्लिप अन चस्मा बजारमा ल्याएका छन्।
यो चस्माको एउटा ह्वाइट लेन्स सहितको फिक्स फ्रेम हुन्छ भने त्यसमा अन्य बिभिन्न ५ वटा फ्रेम जोड्न सकिन्छ। जसमा पोलााराइज र एन्टी ग्लेर लेन्स पनि समावेस छ। यसको फिक्स ह्वाइट लेन्समा पावर समेत हाल्न मिल्ने ललितपुर झम्सिखेल स्थित क्रिष्टल अप्टिकलका संचालक सरोज गोपालीले जानकारी दिए।
पछिल्लो समय यो चस्माको लोकप्रियता पनि ह्वातै बढेको गोपाली बताउँछन्। बजारमा यो चस्मा ५/६ वटा मोडलमा उपलब्ध रहेको उनले जानकारी दिए।
नेपालका चस्मा पसल देखी अनलाइन सपिङसम्मले यो चस्माको बिक्री बितरण गरिरहेका छन्। यो चस्माको मूल्य व्यपारीहरुले डिजाइन अनुसार फरक फरक निर्धारण गरेका छन्। यसको मूल्य डिजाइन अनुसार १ हजार देखी १ हजार ५ सय सम्म पर्छ।
यो चस्मा बोक्न सजिलो, एउटै मूल्यमा ६ वटा चस्माको सुबिधा लिन सकिने, घुम्न जादा धेरै चस्मा बोक्न नपर्ने आदि बिषेशताको कारण यसको लोकप्रियता बढेको मेरो सपिङ डटकममा सिइओ सिताराम रिमालले बताए।
यो चस्माको बारेमा धेरैले अगाडी टासिएको लेन्स खस्छ कि भन्ने शंका रहेको तर यो खेलाडीहरुले खेल खेल्दा लागाउँदा समेत केही नहुने रिमालले दावी गरे।