नौ महिनामा देशको व्यापार घाटा ८ अर्ब १६ अर्ब पुगेको छ।
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विवरणअनुसार साउनदेखि चैतसम्म ८ खर्ब १६ अर्बको बस्तु व्यापार घाटा देखिएको छ। यो घाटा अघिल्लो वर्षको यस अवधिको तुलनामा २१. ७ प्रतिशतले बढी हो।
नौ महिनासम्म ५९ अर्ब ७४ करोड रुपैयाँको कुल बस्तु निर्यात भएको छ भने ८ खर्ब ७६ अर्ब २९ करोडको आयात भएको छ। निर्यात गत वर्षको यस अवधिको तुलनामा ८. २ प्रतिशतले बढ्दा आयात २०. ६ प्रतिशतले बढेको छ।
भारतबाट हुने आयात २१. ९ तथा चीनबाट हुने आयात २२. ८ प्रतिशतले बढेको राष्ट्र बैंकले उल्लेख गरेको छ।