नेपाल इन्भेष्टमेन्ट बैंकको लाभांशका सम्वन्धमा नेप्सेबाट सार्वजनिक गरिएको गलत सूचनाले हजारौं लगानीकर्ता मारमा परेको भन्दै लगानीकर्ता संघले विरोध जनाएको छ।
एक विज्ञप्ति जारी गर्दै संघले नेप्सेले कुनै पुष्ट्याई नगरिकन वेबसाइटमा गलत सूचना प्रवाह गरेको आरोप लगाएको छ। यसअघि बुधबार नेपाल इन्भेष्टमेन्ट बैंकको लाभांश सार्वजनिक गर्ने क्रममा नेप्सेको वेबसाइटमा १५ प्रतिशत सेयर बोनस र २५ प्रतिशत नगद लाभांश हुनुपर्नेमा २५ प्रतिशत सेयर बोनस र १५ प्रतिशत नगद लाभांश भनी उल्लेख भएको थियो।
पछि मात्रै नेप्सेले सूचना सच्याउँदा सुरुमा सेयर किन्नेहरु मारमा परेको संघको आरोप छ।