साताभर सेयर बजारको परिसूचक नेप्से ४२ अंकले झरेको छ। साताको पहिलो दिन आइतबार १६२२ अंकमा रहेको नेप्से अन्तिम दिनसम्म १५८० अंकमा कायम भएको छ।
नेपाल स्टक एक्सचेन्जमा १८० कम्पनीहरुको तीन अर्ब ५६ करोड रुपैयाँको सेयर खरिदबिक्री भएको छ। नेप्से घटे पनि कारोबार रकम भने अघिल्लो साताभन्दा ७ प्रतिशत बढी हो। अघिल्लो साता १७५ कम्पनीहरुको तीन अर्ब ३१ करोड रुपैयाँको सेयर किनबेच भएको थियो।
यो साता उत्पादनबाहेक सबै समूहहरु ओर्लिएका छन्। सो समूह भने ३८ अंकले बढ्यो। वाणिज्य बैंक ४६, विकास बैंक २१, वित्त २४, होटल ५१, बिमा २९८ र अन्य समूह १ अंकले घटेका छन्। ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पहिलो दिनको तुलनामा ९ अंकले घटेर ३३१ अंकमा आईपुगेको छ।
यस साता कारोबार रकमका आधारमा छिमेक लघुवित्त अग्रस्थानमा रह्यो। उसको १८ करोड ४२ लाखको कारोबार भएको छ। दोस्रोमा रहेको एनआइसी एसिया बैंकको १४ करोड ७६ लाखको कारोबार भयो। नेपाल लाइफ इन्स्योरेन्स, नविल बैंक र प्राइम लाइफ इन्स्योरेन्स कम्पनी कारोबार रकमका आधारमा उत्कृष्ट पाँचभित्र पर्न सफल भए।
दोस्रोमा रह्यो। त्यसैगरी कारोबार भएको सेयर संख्याको आधारमा भने एनआसी एसिया बैंक अग्रस्थानमा रहेको छ। आगामी साता दुई दिन मात्रै सेयर कारोबार हुने भएको छ। आइतबार बकर इद, मंगलबार इन्द्रजात्रा र बिहीबार निजामति कर्मचारी सेवा दिवस परेकाले सोमबार र बुधबार मात्रै कारोबार हुने भएको हो।
यसैबीच लगानीकर्ता संघले सोच विचार गरेर मात्रै सेयर कारोबार गर्न सबै लगानीकर्तालाई अपिल गरेको हो। बजार घट्नुपर्ने कारण नरहेको जनाउँदै संघले नआत्तिन लगानीकर्तालाई सुझाएको।
हेर्नुहोस् संघले जारी गरेको विज्ञप्ति