नेपाल ग्रामीण विकास बैंकले आगामी भदौ २७ गतेदेखि एफपिओ बिक्री खुला गर्ने भएको छ। बैंकले प्रतिकित्ता १ सय रुपैयाँमै ९ लाख ७५ हजार कित्ता एफपिओ निश्कासन गर्न लागेको हो।
एफपिओ बिक्री प्रवन्धकका रुपमा प्रभु क्यापिटल रहेको छ। एफपिओमा आस्बा प्रणालीमार्फत मात्रै आवेदन गर्न सकिने छ। इक्रा नेपालबाट कम्पनीले ४ प्लसको रेटिङ पाएको छ। कम्पनीको एफपिओमा भदौ ३० गतेसम्म आवेदन गर्न सकिनेछ।
हाल कम्पनीको चुक्ता पुँजी ७५ करोड ७५ लाख रहेको छ।