एनएमबि बैंकले विशेष सुबिधा सहितको आकर्षक अटो लोन ल्याएको छ। कर्जाको ५ वर्ष सम्म ग्राहकको ब्याजदर तथा किस्ता एउटै रहनु नै यस अटो लोनेको मुख्य बिशेषता हो।
यो नयाँ योजनाले ब्याजदर घटबढको कारणले ग्राहकको मासिक किस्ता रकममा पर्ने उताव—चढाबको तनावबाट उन्मुक्ति दिने भएको छ। यो अटोलोन बैकिङ्ग क्षेत्रमै नौलो रहेको एनएमबिले जनाएको छ।
यस्तै एनएमबिबाट घरकर्जा लिएका ग्राहकहरुले १० वर्ष सम्मकोे अटो लोन कर्जा लिन सक्नेछन्।