आगामी भदौ ५ गतेदेखि सिद्धार्थ बैंकको सेयर लिलामी बिक्रीमा खुल्ने भएको छ। यसअघि बिक्री नभएको हकप्रद सेयरमध्ये सर्वसाधारणतर्फको २ लाख ४० हजार ३७१ कित्ता र संस्थापकतर्फको १३ हजार ५५० कित्ता सेयर लिलामी बिक्रीमा खुल्न लागेको हो।
इच्छुक आवेदकले भदौ ५ देखि १४ गतेसम्म आवेदन दिन सक्नेछन्। सेयर बिक्री प्रवद्र्धकका रुपमा सिद्धार्थ क्यापिटल रहेको छ। अहिले सिद्धार्थ बैंकको सेयर मूल्य बजारमा प्रतिकित्ता ४४० रुपैयाँको हाराहारीमा छ।
बोलपत्र पेस गर्नेले पहिले सिद्धार्थ क्यापिटलको नाममा सिद्धार्थ बैंक हात्तिसार शाखामा रहेको खाता नं. ००११५२०७२८१ मा रकम जम्मा गर्नुपर्नेछ।