स्टान्डर्ड चार्टड बैंकका महिला कर्मचारीहरुले सुत्केरी हुँदा पाउँदै आएको ९० दिनको विदा अवधि थपिएको छ।
९० दिनको अवधिलाई अब २० हप्ता पुर्याइएको बैंकले जनाएको छ। यस अवधिमा उनीहरुले पूरै तलब प्राप्त गर्नेछन्। यस्तै पुरुष कर्मचारीहरुले पनि पिता बनेको अवस्थामा २ हप्ताको तलबी विदा पाउने भएका छन्।
यसभन्दा अघि उनीहरुले १ हप्ता मात्र विदा पाउँदै आएका थिए। बैंकले बच्चा एडप्ट गर्दा हाल दिँदै आएको २ दिनको विदाको सुविधा पनि बढाएर २ हप्ता पुर्याएको छ।
बैंकमा कार्यरत कर्मचारीहरुलाई थप लाभ प्रदान गर्न गरिएको परिमार्जित नीतिले कर्मचारीहरु प्रोत्साहित हुने र आफ्नो जिम्मेवारी पूरा गर्न कटिबद्ध रहने भएकाले फाइदा पुग्ने विश्वास बैंकले लिएको छ।