लक्ष्मी बैंकले रुपन्देहीको मणिग्राममा आफ्नो शाखा संचालनमा ल्याएकोे छ। मणिग्राम शाखा योगीकुटीबाट स्थानान्तरण भएको हो। बैंकको यस जिल्लामा यो तेस्रो शाखा हो।
अब लक्ष्मी बैंकको शाखा संख्या ६९ वटा पुगेको छ। ३ हस्पिटल सेवा काउन्टर, ८८ एटिएम संचालनमा छन्। आगामी दिनहरुमा बैंकले अझ धेरै शाखा अनि सेवाहरु देशभरि विस्तार गर्ने लक्ष्य लिएको छ।
सन् २००२ मा स्थापना भएको लक्ष्मी बैंकले आज आफ्ना शाखाहरु तथा सूचना प्रविधिको माध्यमबाट बृहत स्तरमा सेवा प्रदान गर्न सफल भएको छ। बैंकले ७ सय बढी कर्मचारी मार्फत ३६ जिल्लामा आफ्नो प्रत्यक्ष सेवा पु¥याएको छ।
गत आवमा ५९ दशमलव ३२ अर्ब निक्षेप र ५२ दशमलव ७३ अर्ब कर्जा पु¥याएको यस बैंकको वासलातको आकार ७० दशमलव ९० अरब रहेको छ। सोही आवमा बैंकले एक अर्ब नाफा कमाउन सफल भएको छ।