ग्लोबल आइएमई बैंकले काठमाडौँको ठमेलमा नयाँ एटिएम सेवा संचालनमा ल्याएको छ। ठमेल घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकहरुलाई लक्षित गर्दै बैंकले ठमेल सातघुम्ती स्थित होटल गरुडामा एटिएम काउन्टरहरुबाट आफ्नो एटिएम सेवा सुरु गरेको हो।
नयाँ एटिएम सेवा थप भएसंगै ग्लोबल आइएमई बैंकको एटिएम संख्या ११६ पुगेको छ। सबै बैंकले ११२ वटा शाखा ५ वटा एक्सटेन्सन काउण्टर, १४ वटा राजश्व संकलन काउण्टरमार्फत सेवा दिँदै आएको छ।