एनआइसी एसिया बैंकले आस्बा सेवा अनलाइनमार्फत प्रदान गर्न थालेको छ। सम्पूर्ण शाखाहरुबाट आस्बा सेवा दिँदै आएको बैंकले अनलाइन प्रणाली थालेपछि घरबाटै आवेदकले सेयर भर्न सक्नेछन्।
एनआइसी एसिया बैंकमा खाता भएकाले मोबाइल बैंकिङ वा इन्टरनेट बैंकिङ सेवा प्रयोग गरी विना कुनै शुल्क घरबाटै सेयर आवेदन भर्न सकिने बैंकले जनाएको छ। इन्टरनेट वा बैंकिङ सेवा जुनसुकै खाता खोल्नेले पनि लिन सक्ने बैंकले स्पष्ट पारेको छ।
प्राथमिक सेयरमा आवेदन दिँदा आवेदन बराबरको रकम बैंकको खातामै रोक्का राखी बाँडफाँडपछि फूकुवा हुने प्रणाली नै आस्बा हो।