सेयर बजारमा कहिले लगानी गर्न थाल्ने होला?
यो प्रश्न जति सरल लाग्छ, लगानी गर्ने सही समय पहिचान गर्न उति नै कठिन।
हुन त सेयर बजारमा लगानी गर्ने समयका बारेमा विभिन्न उक्ति सुन्नमा पाइन्छ।
जस्तो, Every trend is your friend. अर्थात् सबै प्रवृत्ति तिम्रा साथी हुन्। यो भनाइले लगानीकर्ताले राम्रो रणनीति बनाउँदा जहिले पनि कमाउन सक्छ भन्न खोजेको हो।
Buy when there is fear and sell when there is greed. अर्थात् बजारमा डर हुँदा सेयर किन र बजारमा लोभ हुँदा सेयर बेच।
यो भनाइले सजिलोसँग भनेको छ — बजार घटेका बेला सेयर किन र बढेको बेला बेच।
किनभने, घटेको समयमा मानिसहरू डराएर सेयर बेचिरहेका हुन्छन् भने बढेको समयमा थप बढ्छ कि भन्ने आशमा किनिरहेका हुन्छन्।
यस्तो बेला यो रणनीति अपनाउँदा जोखिमको सम्भावना कमै हुने मानिन्छ।
तर सधैं यही पक्षले मात्र काम नगर्न सक्छ। किनभने, कहिलेकाहीँ बजार वा सेयर मूल्य घट्नुमा राम्रै कारण हुन सक्छन्। बजार घटेको छ भनेर सेयर किन्दा डुबिने सम्भावना पनि हुन्छ।
कहिलेकाहीँ अर्थतन्त्रमा नराम्रोसँग धक्का लाग्दा पनि बजार घटिरहेको हुन सक्छ। यस्तो बेला अर्थतन्त्रसँगै सेयर बजार पुनरूत्थान हुन पनि समय लाग्न सक्छ। त्यसैले ऋण लिएर लगानी गर्नेले वा केही समयमै पैसा चाहिनेले यस्तो समयमा लगानी गर्दा समस्या हुन सक्छ।
त्यस्तै, कतिपय कम्पनी डुब्ने अवस्थामै पुगिसकेकाले पनि सेयर मूल्य घटिरहेको हुन सक्छ। त्यसैले मूल्य घटेकै कारण मात्र लगानी गर्दा समस्या हुन सक्छ।
नेपालमा केही बाहेक सेयर बजारमा सूचीकृत कम्पनीहरू डुबेकै घटना भने कम छ।
यसअघि केही वित्तीय संस्थालाई राष्ट्र बैंकले खारेजीमै लगेको थियो। बजारबाट केही उत्पादनमूलक कम्पनी सधैंका लागि गायब नै भएका पनि थिए। तर समग्रमा नेपाली बजार यो मामिलामा कम जोखिम युक्त नै छ।
अब अहिले के गर्ने त?
अहिले बजार घटेको अवस्थामा छ। न्यून विन्दुमा नै त होइन तर बजारले लामो समयदेखि २५ सयको विन्दुमा अडिने प्रयास गरिरहेको छ।
केही बाहेक धेरैजसो कम्पनीको मूल्य भने न्यून विन्दुमा छन्। सस्ता र धेरै मूल्य घटिसकेका कम्पनी लगानीको लागि उपयुक्त हुन सक्छ। तर कम्पनीहरूको वित्तीय अवस्था भने सधैं पहिलो प्राथमिकतामा राख्नुपर्छ।
अहिले कम्पनीहरूले धमाधम लाभांश घोषणा गरिरहेका छन्। बुक क्लोज मितिभन्दा अघिल्लो दिनसम्म सेयर स्वामित्व हुनेले यसरी घोषणा गरेको लाभांश प्राप्त गर्छन्।
त्यसैले अहिले लगानी गर्नेले केही समयमै प्रतिफल पाउने अवस्था छ। अहिले मूल्य पनि घटेको यो समयमा लगानीका लागि यस्ता कम्पनी उपयुक्त हुन सक्छन्।
|
कम्पनी
|
बुक क्लेज मिति
|
बोनस प्रतिशत
|
नगद प्रतिशत
|
|
ङादी ग्रुप पावर
|
मंसिर १४
|
४.७५
|
०.२५
|
|
सर्वोत्तम सिमेन्ट
|
मंसिर १२
|
५
|
१५
|
|
शिवम सिमेन्ट
|
मंसिर ११
|
२.५
|
१०
|
|
साहास ऊर्जा
|
मंसिर ५
|
२१
|
१.१
|
|
सोल्टि होटल
|
मंसिर ५
|
१५
|
१६.५७
|
|
माउन्टेन इनर्जी
|
मंसिर १७
|
२०
|
१.०५
|
|
नेपाल इन्फ्रास्ट्रक्चर बैंक
|
मंसिर १२
|
०
|
६.३१
|
|
मिड सोलु हाइड्रोपावर
|
|
१५
|
०.७८
|
|
अरुणभ्याली हाइड्रोपावर
|
|
८
|
४.२
|
|
युनिलिभर नेपाल
|
|
०
|
१८४२
|
|
स्टयान्डर्ड चार्टर्ड बैंक
|
|
०
|
१९
|
|
महालक्ष्मी विकास बैंक
|
|
५
|
५.३७
|
|
सिंगटी हाइड्रो
|
|
५
|
०
|
|
कृषि विकास बैंक
|
|
३.२५
|
९.७५
|
|
आइसिएफसी फाइनान्स
|
|
०
|
१५.७८९
|
|
साइन रेसुंगा डेभलपमेन्ट बैंक
|
|
३
|
१०
|
|
साना किसान विकास लघुवित्त
|
|
१४.२५
|
०.७५
|
|
एनआरएन इन्फ्रास्ट्रक्चर
|
|
४०
|
२.१
|
|
सांग्रिला डेभलपमेन्ट बैंक
|
|
५
|
५.३५
|
|
नेपाल हाइड्रो डेभलपर
|
|
९
|
०.४७
|
|
लक्ष्मी सनराइज बैंक
|
|
१०
|
०.४७
|