नेकपा (एमाले) लाई महाधिवेशनले छपक्कै छोपेको छ। काठमाडौंमै महाधिवेशन भएकाले मंसिरसरहकै चटारो लाग्ने नै भयो।
त्यसमाथि उसलाई अहिले पार्टी केन्द्रीय कार्यालयसमेत पुनर्निमार्ण गनुपरेको छ। गत भदौ २४ गतेको आन्दोलनको निशानामा एमाले मुख्यालयमा पनि पर्यो।
२०७२ वैशाख १२ गतेको भूकम्पपछि केन्द्रीय कार्यालय भवनविहीन बनेको एमाले त्यसयता बहालमा बसिराखेको छ। झन्डै ६ वर्ष एमाले धुम्बाराहीस्थित पासाङ ल्हामु प्रतिष्ठानको भवन भाडामा लिएर बसेको थियो। त्यसपछि थापाथली हाइटमा व्यापारीको घरमा सरेको एमाले त्यसपछि भने च्यासले पुगेको थियो।
त्यहाँ पनि एमाले तुलसीलाल स्मृति प्रतिष्ठानले बनाएको भवन भाडाामा लिएर बस्दै आएको थियो, २०७९ सालदेखि।
गत भदौ २४ गतेका प्रदर्शनकारीको निशानामा परेर आगजनी गरिएपछि एमाले मुख्यालय खण्डहर प्राय थियो। च्यासल परिसरमा रहेको तीन वटा भवन पूर्णरूपमा क्षतिग्रस्त बनेको थियो।
अहिले एमालेले ती सबै भवन पुनर्निर्माण थालेको छ। आगजनीबाट नेताहरूका कार्यकक्ष, पोलिटब्युरो, स्थायी कमिटी, सचिवालयको बैठक कक्ष, सभाहल सबै ध्वस्त भएको थियो।
ती सबै संरचना पुनर्निर्माण थालिएको एमालेले जनाएको छ।
एमालेले भदौ २४ पछि पहिलोपल्ट पार्टी केन्द्रीय कार्यालय सचिवालय बैठकसमेत राखेको छ। एमाले सचिवालय बैठक दिउँसो १ बजे बस्दैछ।
तस्बिरहरूः
-ink-1763611242.jpeg)
-ink-1763611243.jpeg)
-ink-1763611242.jpeg)
-ink-1763611241.jpeg)
-ink-1763611240.jpeg)
-ink-1763611240.jpeg)
-ink-1763611239.jpeg)
-ink-1763611239.jpeg)
-ink-1763611238.jpeg)
-ink-1763611238.jpeg)
-ink-1763611237.jpeg)
-ink-1763611237.jpeg)
-ink-1763611237.jpeg)
-ink-1763611237.jpeg)
-ink-1763611236.jpeg)
-ink-1763611236.jpeg)
-ink-1763611235.jpeg)
-ink-1763611235.jpeg)
-ink-1763611235.jpeg)
-ink-1763611235.jpeg)
-ink-1763611234.jpeg)
-ink-1763611234.jpeg)
-ink-1763611234.jpeg)
-ink-1763611234.jpeg)