सिप्रदी ट्रेडिङ्गले जारी नाडा अटो शोमा ‘म्याक फोरटी रोयल’ लुब्रिकेन्ट सार्वजनिक गरेको छ। उक्त उत्पादनको भारत पेट्रोलियम कर्पोरेशनका कार्यकारी निर्देशक एमएम सोमाया र सिप्रदी ट्रेडिङ्गका प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठले संयुक्त रुपमा सार्वजनिक गरे।
कम्पनीका अनुसार म्याक फोर टी रोयल उच्च पावर भएका ४ स्ट्रोक बाइकहरुलाई लक्षित गरी ल्याइएको सेमी सिन्थेटिक आयल हो। साथै कम्पनीले विशेषतः रोयल इनफिल्ड बाइक प्रयोगकर्ताहरुलाई सो उत्पादन प्रयोग गर्न आग्रह समेत गरेको छ।
सिप्रदी ट्रेडिङका प्रमुख कार्यकारी अधिकृत श्रेष्ठका अनुसार उच्च पावर र टर्क प्रदान गर्ने भएकोले बाइक उच्च तापक्रममा पनि अत्यधिक गतिमा कुद्न यसले सघाउ पुर्याउँछ। यसको पिकअपले रोमाञ्चक ड्राइभिङ्ग अनुभव प्रदान हुने र अक्सिडेसन स्थिरतालाई बढाउने उनले बताए।
‘इन्जिन र आयलको आयु स्वतः बढ्छ र यसको इन्जिनको पाटपुर्जाहरुलाई समेत सुरक्षित राख्दछ’ उनले भने। लुब्रिकेन्टको उत्पादनहरुलाई निरन्तर रुपमा विस्तार गरि म्याकलाई ग्राहकहरुको पहिलो रोजाईको रुपमा स्थापित गराउने क्रममा म्याक फोर टी रोयललाई भारत पेट्रोलियम कर्पोरेशनले भारतमा उद्घाटन गरिसकेको छ।