होण्डाको लागि आधिकारिक बिक्रेता स्याकार ट्रेडिङले होण्डाको नयाँ कार डब्लुआर-भि सार्वजनिक गरेको छ।
सुरक्षाको हिसाबले राम्रो रहेका यो कारमा ग्राउण्ड क्लियरेन्स १८८ मिमिको रहेको छ। यसमा एन्टिलक ब्रेकिङ सिस्टम (एबिएस), डबल एसआरएस फ्रन्ट एअरब्याग र इलेक्ट्रोनिक ब्रेकफोर्स डिस्ट्रिब्युसन (इबिडी) रहेको छ।
यो डब्लुआर-भि मा पुस बटन स्टार्ट, सन प्रुफ र रियर क्यामेरा जस्ता फिचर समेत जडान गरिएको कम्पनीले जनाएको छ।
नेपालमा होण्डाको डिजल इन्जिन कार आएको यो पहिलो पटक हो। यो गाडि पेट्रोल र डिजल दुबै भर्जनमा बजारमा आएको छ।
१.२ लिटरको पेट्रोल इन्जिनमा १ सय १० एनएम टप टर्क पावर सहित ८९ बिएचपी (९०.२ पिएस) पिक पावर रहेको छ। कम्पनीका अनुसार पेट्रोल भेरियन्टको उक्त कारमा पाँच गियरको स्पिड रहेको छ।
१.५ लिटर आइ(डीटिइसी) डिजेल मोटरमा ९९ बिएचपी (१००.४ पिएस) पावर र २ सय एनएमको पिक टर्क रहेको छ। कम्पनीका अनुसार डिजेल इन्जिनमा छ गियर स्पिड रहेको छ।
यो कार ६ विभिन्न रंगमा बजारमा उपलब्ध छ। ग्राहकले प्रिमियम एम्बर मेटालिक, मोडर्न स्टिल मेटालिक, अलाबास्टर सिल्भर मेटालिक, कार्नेलियन रेड पर्ल, गोल्डेन ब्राउन मेटालिक र व्हाइट अर्चिड पर्ल रंगमा यो कार खरिद गर्न सक्ने कम्पनीले जनाएको छ।
यो कारको मुल्य ४१ लाख २५ हजार रुपैयाँ रहेको छ। त्यस्तै ग्राहकले कार खरिदमा मासिक ५१ हजार १ सय ६२ रुपैयाँ किस्ता सुविधा पनि रहेको कम्पनीले जनाएको छ।