अग्नि ग्रुपले ताप्लेजुङमा महिन्द्रा गाडीहरुको लागि आधिकारिक शोरुम संचालनमा ल्याएको छ।
शोरुममा ‘थ्री एस’ अर्थात् सेल्स, सर्भिस र स्पेयर पार्टस्हरुको सेवा प्रदान गरिने कम्पनीले जनाएको छ।
शोरुमको उद्घाटन सांसद बल बहादुर सम्सोहाङ्ग, महिन्द्राका सर्भिस कन्ट्रि म्यानेजर तपस पट्नायक, अग्नि इन्कर्पोरेटेडका कार्यकारी अधिकृत रामेश्वर महर्जन र अग्नि इन्कर्पोरेटेडका सर्भिस हेड अमित चौधरी सामुहिक रुपमा गरेका थिए।
नयाँ शोरुमले यस क्षेत्र तथा आसपासका ग्राहकहरुले सर्वसुलभ एवं सहज तरिकाबाट गुणस्तरीय सेवा प्राप्त गर्ने कम्पनिको विश्वास छ।