देशका विभिन्न जिल्लाहरु बाढीपहिरो, डुबानमा पर्दा आपूर्ति कम भएको भन्दै व्यापारीहरुले मनपरीरुपमा फलफूल तथा तरकारीको भाउ बढाएका छन्।
हाल बजारमा सबै खाले तरकारी तथा फलफूलको भाउ अचकालीरुपमा बढाइएको छ। अधिकांश फलफूल तथा तरकारीको बजार मूल्यमा ४० प्रतिशतदेखि शत प्रतिशतसम्म वृद्धि भएको छ।
अघिल्लो हप्तासम्म ६० रुपैंयाँ प्रति केजीमा किनबेच हुने गरेको गोलभेडाको मूल्य हाल १२० रुपैंयाँ पुगेको छ।
यस अघि प्रति केजी ६५ रुपैंयाँ पर्ने प्याजको भाउ हाल ९० रुपैंयाँ पर्न थालेको छ भने आलु ३५ बाट ५०, बन्दा २५ बाट ४५, बोडी ६५ बाट ९० रुपैंयाँ प्रति केजी पुगेको छ।
त्यस्तै, प्रति केजी सिमी ८५ बाट एक सय, फर्सी ४५ बाट ६५, स्कूस ४५ बाट ६० तथा धनिया प्रति मुठो १० बाट २० रुपैंया पुगेको छ। च्याउको मूल्य पनि २ सयबाट २ सय ५० पुगेको छ।
फलफूलको मूल्यमा पनि उत्तिकै वृद्धि भएको छ। अघिल्लो हप्ताको मूल्यमा कुनै पनि फलफूलको यस हप्ताको मूल्यसँग मेल खाँदैन्।
यस हप्ता प्रति केजी १ सय ५० रुपैंयाँ रहेको स्याउको मूल्य गत सोमबार भने १ सय २० थियो।
त्यस्तै केरा प्रति दर्जन ८० बाट १४० पुगेको छ। प्रति केजी काक्रोको मुल्य ६० बाट बढेर ८०, नासपाती ५० बाट बढेर ७०, तरबुजा ७० बाट १०० रुपैंयाँ पुगेको छ।
बाढी पहिरोले गर्दा पूर्वी तराईका जिल्लाहरु तथा भारतबाट तरकारी आउन नपाएको भन्दै तरकारीको भाउ बढेको व्यपारीहरु तर्क गर्छन्।
लगनखेलमा तरकारी व्यवसाय गर्दै आएकी एक व्यापारीले अन्य जिल्लाहरुबाट सहजरुपमा आपूर्ति नहँुदा तरकारीको भाउ बढेको बताइन्। उनका अनुसार हाल काठमाडौँ नजिकका जिल्लाहरुका किसानहरुबाट खरिद गरी काठमाडौँका विभिन्न स्थानका व्यापारीलाई बेच्ने गरेको बिचौलियले पनि यहि मौका छोपी मूल्य बढाएर दिने गरेकाले पनि भाउ बढ्को छ।
उनले भनिन् ‘आउनुपर्ने स्थानबाट तरकारी आउन पाएको छैन्, कुहि हाल्ने भएकाले तरकारी स्टकमा राख्ने वस्तु पनि हैन्। तराई तथा भारतबाट नआएपछि हामीले भक्तपुर, धादिङ, काभ्रे लगायतका स्थानीय कृषिकबाट किनेर ल्याउने र यहाँ हामीलई बेच्ने व्यापारीले पनि भाउ बढाएका छन्। त्यसैले सबैतिर भाउ बढेको हो।
तर कालीमाटी फलफूल तथा तरकारी बजारका उपनिर्देशकले यो सिजनमा तरकारीको ठूलो हिस्सा भक्तपुर, धादिङ, काभ्रे लगायतका जिल्लाहरुबाट आयात हुने भएकाले तराईबाट आउन पाएन भनेर मूल्य बढाउनु भनेको ठग्न् खोज्नु भएको बताउँछन्।
उनले मूख्यतया भारत र तराईका दुईतीन वटा जिल्लाहरुबाट आउने तरकारीको आयातनमा कमी आएपनि हालको मूल्य वृद्धि न्यायोचित नहुने बताए।
उनले भने, ‘भारतबाट र तराईबाट आउने तरकारीमा कमी आएको छ। तर यो सिजनको तरकारीमा छिमेकी जिल्लाहरुको मूख्य योग्दान रहेको हुन्छ। तराईको बाढीको बाहाना गरी केहि बिचैलियाहरुले मूल्य बढाएका हुन सक्छन्। उपभोक्ता स्वंय यस प्रति सजक हुनुपर्छ।’
उनले दिएको जानकारी अनुसार शनिबारसम्म नियमितरुपमा छ सय टन तरकारी र फलफूल भित्र्दै आएकोमा आइतबारबाट भने करिब ५ सय टठन मात्र कालीमाटी बजारमा भित्रिएको थियो।
उनले कालीमाटी बजारमा भने त्यस किसिमको मूल्य नबढेको भन्दै केहि व्यापारी तथा बिचौलियाले अनुचित लाभ उठाइरहेको बताए।
खासगरी प्याज, कागती, आलु लगायतका तरकारी तथा खरबुजा, स्याउ लगायतका फलफूलको ठूलो हिस्सा भारतबाट आयात हुँदै आएको छ।