दाङको तुलसीपुरमा मंगलबारदेखि सुरू भएको राष्ट्रिय फुटबल प्रतियोगिताको पहिलो खेलमा विभागीय टोली सशस्त्र प्रहरी विजयी भएको छ। तुलसीपुरस्थित अरनिको मैदानमा भएको मध्यपश्चिमविरुद्धकाे खेलमा सशस्त्रका अमृत अधिकारीले निर्णायक गोल गरेका थिए।
खेलको अन्त्यतिर मध्यपश्चिमको टिमले एपिएफविरुद्ध गोल गरेको भए पनि त्यसलाई रेफ्रीले अफसाइड दिएका थिए। निकै प्रतिष्पर्धात्मक खेलमा मध्यपश्चिमले गोल गर्ने दुई वटा अवसर गुमाएको थियो।
फुटबल प्रतियोगिता अन्तर्गत बुधबार विभागीय टोली नेपाली प्रहरी र पश्चिमाञ्चलबीच खेल हुनेछ। प्रतियाेगिताकाे ३ खेल तुलसीपुरमा र घोराहीमा ५ खेल हुने र समापन पनि घोराहीमा हुनेछ। प्रतियोगितामा ५ विकास क्षेत्रका ५ र विभागीय ३ टिमको सहभागिता रहेको छ।
तेत्तीस वर्षपछि दाङमा भएको पहिलो पुरुष फुटबल प्रतियोगिताले यस क्षेत्रमा राैनक थपेकाे छ।