चेन्नईलाई यस वर्षको आइपिएलको फाइनलमा पुगेको खुशी ब्याटसम्यान सुरेश रैनालाई छँदैछ। योसँगै यसवर्षको आइपिएल उनलाई एउटा व्यक्तिगत खुशी पनि थपिदिएको छ। हैदराबादबाद विरीद्ध मंगलबार भएको खेलमा २२ रन बनाएका रैना आइपिएलको इतिहासमा सर्वाधिक रन बनाउने खेलाडीसमेत बनेका छन्।
रैनाले रोयल च्यालेन्जर बै.लोरका कप्तान विराट कोहलीको नाममा रहेको सर्वाधिक रनकर्ताको कीर्तिमानलाई आफ्नो नाममा सारेका छन्। उनले १७५ खेलबाट आफ्नो खातामा ४९५३ रन जोडेका छन्।
कोहलीको नाममा १६३ खेलबाट ४९४८ रन रहेको छ।
गए राती हैदरबाद विरूद्धको खेलमा रैनालाई १३औं बलमा हैदरबादका बलर सिद्दार्थ कौलले आउट गरेका थिए।
यस सिजनमा १४ खेल खेलेका रैनाले ४१३ रन बनाएका छन् जसमा ४ अर्धशतक समावेश छ।
त्यस्तै कोहलीको नाममा ४ अर्ध शतक सहित ५३० रन रहेको छ।