भारतले शुक्रबार टी–२० अन्तर्राष्ट्रिय खेलमा सबैभन्दा बढी रन बनाएपछि श्रीलंका ८८ रनले पराजित भएको छ।
श्रीलंकाको इन्दोरमा जारी दोस्रो टी–२० खेलमा भारतले दिएको २ सय ६० रनको लक्ष्य पछ्याएको श्रीलंका १७.२ ओभरमा अलआउट हुँदै १७२ रन मात्र बनाउन सक्यो। श्रीलंकाका लागि कुशल परेराले सर्वाधि ७७ रन बनाएका थिए। उपुल थरङ्गाले ४७ रन बनाए भने निरोशन दिकवेलाले २५ रन बनाए। बाँकी खेलाडीले दोहोरो रनको स्कोर छुन सकेनन्।
श्रीलंकालाई रोक्न भारतका लागि यजुवेन्द्र चहलले ४ विकेट लिए। कुलदिप यादवले ३ विकेट लिए।
यसअघि भारतले २० ओभरमा २६० रन बनाउँदै सर्वाधिक रनको रेकर्ड बनाएको थियो। यसअघि भारतको कुनै पनि टी–२० अन्तर्राष्ट्रियमा यती उच्च स्कोर बनाएको थिएन।
यसअघि सन् २०१६ मा फ्लोरिडामा भएको खेलमा वेष्टइन्डिजलाई दिएको २ सय ४४ रननै सर्वाधिक रन थियो।
यद्यपी भारतले टी–२० इतिहासमै अहिलेसम्मको सबैभन्दा उच्च स्कोर बनाउन ४ रनले चुकेको छ।
टी–२० को उच्च स्कोर अस्ट्रेलियाको नाममा छ। अस्ट्रेलियाले सन् २०१६ मा श्रीलंकाविरुद्ध २ सय ६३ रन बनाउँदै उच्च रनको अन्तर्राष्ट्रिय स्कोर आफ्नो नाममा लेखाएको छ।
टस हारेर पहिले ब्याटिङ गरेको भारतका लागि ओपनिङ ब्याट्सम्यान रोहित शर्मा र लोकेश राहुलले बिस्फोटक ब्याटिङ गरेपछि भारतले पुरै २० ओभरमा ५ विकेट गुमाएर २६० रन बनायो।
उसका लागि टी–२० मा तीब्र शतकको रेकर्डमा बराबरी गर्दै शर्माले सतकीय पारी खेले। उनले ३५ बलमा शतक प्रहार गरेर डेभिड मिल्लरको नाममा रहेको रेकर्ड बराबरी गरेका हुन्। शर्माले ४३ बल खेल्दै ११८ रन बनाए। उनले १४ चौका र १० छक्का प्रहार गरेका थिए।
यस्तै अर्का ओपनर लोकेश राहुलले ४९ बलमा ८९ रन बनाएका थिए। रोहित र लोकेश राहुलले १२.४ ओभरमा १ सय ६५ रनको कीर्तिमानी साझेदारीसमेत गरे। यसअघि कुनै पनि ओपनरको साझेदारी भारतका लागि ७५ रन मात्र थियो।
महेन्द्रसिंह धोनीले २१ बल खेल्दै २ चौका र २ छक्का प्रहार गर्दै २८ रन बनाए।हार्दिक पाण्ड्याले १० तथा दिनेश कार्तिक ५ रनमा अभिजित हुँदा मनिष पाण्डेले १ रन बनाए।
श्रीलंकाका नुवान प्रदिप र थिसारा परेराले समान २-२ विकेट लिए।
योसँगै भारतले तीन टी-ट्वान्टीमाथि २-०को जित दर्ता गरेको छ।