रोहित शर्माले भारतीय टि- ट्वान्टीमा नयाँ कीर्तिमान बनाएका छन्। श्रीलंकाविरूद्ध शुक्रबार भएको दोस्रो टि ट्वान्टीमा शर्माले ३५ बलमै सतक पुरा गरेका हुन्। यो रेकर्ड कुनै पनि भारतीय खेलाडीले सर्वाधिक तिब्र सतक हो भने विश्व रेकर्डमा दक्षिण अफ्रीकाका डेविड मिलरसँग बराबरी गरेका छन्।
यो सतकसँगै शर्माले टि-ट्वान्टी क्रिकेटमा सबैभन्दा छिटो सेन्चुरी बनाउने रेकर्डमा बराबरी गरेका छन्। यसअघि दक्षिण अफ्रीकाका डेविड मिलरले बंगलादेशबिरूद्ध ३५ बलमा १०० रन पुरा गरेका थिए।
ओपनर रोहित शर्माले ४३ बल खेल्दै ११८ रन बनाउने क्रममा १० छक्का र १२ चौका प्रहार गरे। शर्माले ११औं ओभरमा आफ्नो सतक पुरा गरेका थिए।
चामेराको बलमा आउट हुनु अघि शर्माले लगातार छक्का, चौका र फेरि छक्का प्रहार गरेका थिए।
यी हुन् सर्वाधिक छिटो सतक बनाउने खेलाडीहरू
- १. रोहित शर्मा ,भारत (३५ बल) विरूद्ध श्रीलंका २२ डिसेम्बर २०१७, इन्दोर श्रीलंका
- २. डेविड मिलर ,द.अफ़्रिका (३५ बल) विरूद्ध बंग्लादेश २९ अक्टुबर २०१७, दक्षिण अफ्रिका
- ३. रिचर्ड लेवी ,द. अफ़्रिका (४५ बल) विरूद्ध न्यूज़िल्याण्ड १९ फेब्रुअरी २०१७
- ४. फैफ डू प्लेसि ,द. अफ़्रिका (४६ बल) विरूद्ध वेस्टइन्डिज ११ जनवरी २०१५
- ५. लोकेश राहुल , भारत (४६ बल) विरूद्ध वेस्टइन्डिज २७ अगष्ट २०१६