नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजावादीप्रति लक्षित इँटको जबाफ पत्थरले दिनुपर्ने बताएका छन्।
योङ कम्युनिष्ट लिगको तेस्रो राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै आइतबार प्रचण्डले आफूहरूले शान्तिपूर्ण रूपमा बस्ने तर आफूहरूमाथि जाइलागे इँटको जबाफ पत्थरले दिने बताएका हुन्।
‘हामी आक्रमण गर्न कसैलाई पनि नजाने, हाम्रो शान्तिपूर्ण नै हो भन्नेकुरा पनि जनतालाई भन्ने। तर हामीमाथि जाइलाग्न खोजे भने त्यसको इँटको जवाफ पत्थरले भन्नेकुरा गर्नुस्। हामी छौं,’ उनले भने, ‘जरुरी पर्यो भने जस्तोसुकै विद्रोह पनि गर्न सकिन्छ। मैले के भन्ने गरेको छु हुलाकी मार्गमा पनि माथि भनेँ, हामी अहिले जुन अभियान चलाएका छौँ त्यो जरुरी पर्यो भने अर्को क्रान्तिको तयारी हो। अरु केही होइन। जनतासँग नजोडिकन त क्रान्ति हुँदैन। अर्को समाजवादी क्रान्तिको तयारी हो।’
उनले गणतन्त्रको रक्षा गर्ने माओवादी केन्द्रकै जिम्मेवारी रहेको बताए।
न्युज एजेन्सी नेपाल।