राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद दीपक सिंहलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
जिल्ला प्रहरी परिसर काठमाडौंले आइतबार भद्रकालीबाट उनलाई नियन्त्रणमा लिएको एसपी अपिलराज बोहराले बताए।
‘हाम्रो परिसर नजिकैबाट उहाँलाई नियन्त्रणमा लिएका छौं। उहाँले उत्तेजक अभिव्यक्ति दिने काम गर्नुभयो,’ उनले भने।
परिसरमा राप्रपा नेपालका अध्यक्ष कमल थापालाई पनि राखिएको छ।
थापासहित ६ जनालाई प्रहरीले आज नारायणचौरबाट नियन्त्रणमा लिएको हो।
राप्रपा सांसद सिंह कमल थापालाई भेट्न परिसर पुगेको बताइएको छ।
राजसंस्था पुनर्स्थापनालगायत एजेन्डामा नवराज सुवेदी नेतृत्वको 'संयुक्त जनआन्दोलन समिति' ले जेठ १५ गतेदेखि काठमाडौंमा प्रदर्शन गरिरहेका छन्।