गोरखाको चुमनुब्री गाउँपालिकाका भूमिहीन नागरिकहरूलाई निस्सा वितरण गरिएको छ।
भूमि आयोग गोरखाले चुमनुब्रीका ल्होलगायत गाउँका भूमिहीन नागरिकहरूलाई शुक्रबार निस्सा वितरण गरेको हो।
प्रमुख अतिथि गोरखा क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सांसद राजेन्द्र बजगाई, गण्डकी प्रदेश सभा सांसद नन्दप्रसाद न्यौपाने, भूमि आयोग गोरखाका अध्यक्ष राजनराज पन्त र चुमनुब्री गाउँपालिका अध्यक्ष निमा लामाले निस्सा हस्तान्तरण गरेका हुन्।
उक्त कार्यक्रममा चुमनुब्री गाउँपालिकाका विभिन्न वडाका अध्यक्ष, स्थानीय बासिन्दाहरू पनि सहभागी थिए।

