रेनल्टले जनचेतनाका लागि नो हर्न र्याली सम्पन्न गरेको छ। २५ रेनल्ट कार सम्मिलित उक्त र्यालीमा कार धनीहरु परिवार सहित सहभागी थिए।
र्याली थापाथली शो रुमबाट सुरु भई कोटेश्वर सल्लाघारी हुँदै नगरकोट पुगेको थियो। जनरल म्यानेजर अधिर श्रेष्ठका अनुसार आगामी दिनमा अझ प्रभावकारी ढंगले यस्ता कार्यक्रहरुलाई कम्पनीले निरन्तरता दिने छ।
कार्यक्रम नेपाल ट्राफिक प्रहरी महाशाखाको सहयोग तथा इप्लानेटको व्यवस्थापनमा सम्पन्न भएको थियो।