एकसातामै सुनको मूल्य तोलामा १ हजार रुपैयाँ महँगो भएको छ। गत शुक्रबार प्रतितोला ५३ हजार रुपैयाँ रहेको सुन आज ५४ हजार पुगेको छ।
अघिल्लो दिन ५३ हजार ७ सय रुपैयाँ रहेकोमा आज थप ३ सय रुपैयाँले सुन महँगो भएको हो। यो मूल्य फाइन (९९.९ प्रतिशत शुद्ध) गुणस्तरको मूल्य हो। स्टान्डर्ड (९९.५ प्रतिशत शुद्ध) सुनको मूल्य योभन्दा ३ सय रुपैयाँ कम पर्ने गर्दछ।
चाँदी एक साताको अवधिमा २० रुपैयाँले महँगो भएको छ। गत शुक्रबार प्रतितोला ७१० मा कारोबार भएकोमा आज ७३० पुगेको छ। अघिल्लो दिन ७२५ मा कारोबार भएको थियो।