महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा पर्सा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ।
जितपुरकी एक २२ वर्षीया युवतीलाई वीरगन्जमा आश्रय दिने बहानामा जबर्जस्ती करणी गरेको आरोपमा पर्सा प्रहरीले तीन जनालाई पक्राउ गरको हो।
राती आश्रय दिनको लागि घर लगि जर्बजस्ती करणी गरेको अभियोगमा प्रहरीले वीरगन्ज महानगरपालिका–१९ इनर्वाका ३० वर्षीय तैयब हुसैन, ३० वर्षीय नुरूल हक र २९ वर्षीय महम्मद तबरेजलाई पक्राउ गरेको हो।
पक्राउ परेका तीनै जनालाई जिल्ला प्रहरी कार्यालय पर्साले मंगलबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो। तीनै जनालाई सामूहिक बलात्कार मुद्दामा आजै म्याद थप गरिएको जनाएको छ।
भारतको कारागारमा विगत दश महिनादेखि बन्दी जीवन बिताइरहेका श्रीमानलाई भेट्न घरबाट सोमबार बेलुकी निस्किएकी एक बच्चाकी आमालाई तैयबले बाटोमा भेटी आश्रय दिने र भारतको रक्सौल पुर्याइदिने बहानामा आफ्नो घर लगेर साथीहरूसँग सामूहिक बलात्कार गरेको पीडित महिलाले बताइन्।
बिहान घरबाट निकालेपछि ती महिला प्रहरीको सम्पर्कको आएको र उनले दिएको बयानकै आधारमा तीनै जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक चक्रराज जोशीले बताए।
तबरेज र उनका साथीसँग यौन सम्पर्कका महिलाले नमानेपछि छोराको हत्या गर्ने धम्की दिदै तीनै जनाले जर्बजस्ती करणी गरेको महिलाले पर्सा प्रहरीलाई बताएकी छन्।