बलात्कार मुद्दामा १२ वर्ष कैद सजाय तोकिएका फरार प्रतिवादीलाई प्रहरीले बाँकेमा पक्राउ गरेको छ।
जाजरकोटको जुनीचाँदी गाउँपालिका–५ का रेशमबहादुर बस्नेत बाँकेको कोहलपुरबाट पक्राउ परेका हुन्।
जिल्ला अदालत जाजरकोटको लगत नम्बर ३२५ मा उच्च अदालत सुर्खेतले २०८१/०९/२३ गते बस्नेतलाई १२ वर्ष कैद र एक हजार आठ सय रुपैयाँ जरिवानाको फैसला सुनाएको थियो।
बस्नेत बाँकेको बैजनाथ गाउँपालिका–२ बाट पक्राउ परेका थिए।
पक्राउपछि बस्नेतलाई जिल्ला अदालत जाजरकोटमा मंगलबार पेस गरिएको थियो।
अदालतको आदेशले उनलाई तोकिएको सजाय भुक्तान गर्नका लागि जिल्ला कारागार जाजरकोटमा चलान गरिएको जाजरकोटका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक हरिराम डाँगीले जानकारी दिए।