नेपाल कम्युनिष्ट पार्टी (विप्लव) को बन्दका कारण मंगलबार बिहानैदेखि दाङको जन जीवन प्रभावित भएको छ। बन्दका कारण उद्योगधन्दा, कलकारखाना, शिक्षण संस्था र यातायात सबै ठप्प छ।
स्थानीय तह निर्वाचनका क्रममा सरकारले आफ्ना कार्यकर्तालाई पक्राउ गरेर झुठा मुद्दा लगाउँदै फसाउने षडयन्त्र गरेको हुँदा त्यसको विरोधमा बन्दको आव्हान गरेको उक्त पार्टीका एक नेताले जानकरी दिए।
यसैबीच नेकपाका दाङ जिल्ला सेक्रेटरी सविनले पनि विज्ञप्ति मार्फत पक्राउ परेका आफ्ना केन्द्रीय सदस्यहरु सन्देश पौडेल र सुमन लिम्बुलाई विना सर्त रिहाइको माग गरेका छन्।
विज्ञप्तिमा आफ्ना नेता कार्यकर्ताहरुलाई बिनाकारण गिरफ्तार गरिएको तथा हालसम्म रिहाई नगरिएको भन्दै बिना सर्त रिहाइको माग गरिएको छ ।
पक्राउ गरिएकाहरुलाई झुट्टा मुद्दा लगाउने तथा फसाउने प्रपन्च रचिएको आरोप लगाइएको छ। निर्वाचन सकिँदासमेत पक्राउ परेका आफ्ना नेता कार्यकर्ता र समर्थथकलाई रिहा नगरेको हुँदा नेपाल बन्द आव्हान गर्नुपरेको विज्ञप्तिमा उल्लेख गरिएको छ।