देशभरी करिब आधा दर्जन सक्रिय इन्टरनेट सेवा प्रदायक (आइएसपी) कम्पनीहरु छन्। नेपाल दुरसञ्चार प्राधिकरणको पछिल्लो तथ्यांक अनुसार यी आईएसपीहरुको कुल ग्राहक संख्या करिब २ लाख छन् ।
प्राधिकरणक अनुसार देशको कुल जनसंख्याको ५८ प्रतिशत अर्थात १ करोड ५३ लाख ८८ हजार जना डाटा÷इन्टरनेटको पहँचमा छन् जसमा आइएसपीहरुले १.२९ प्रतिशत हिस्सा ओगटेका छन्।
यी आइएसपीहरुबीच ग्राहक संख्या बढाउने होडबाजी नै चलेको छ । यी कम्पनीहरु बीच आकर्षक प्याकेजहरु बनाउने गर्छन भने विभिन्न चाड पर्वका अवसरमा कसले धेरै छुट तथा सुविधा दिने भन्ने प्रतिस्पर्धा नै चल्ने गर्छ।
यसका लागि ग्राहकहरुले कुन प्रयोजनका लागि इन्टरनेट जोड्न खोजेका हुन्, प्रयोगकर्ताको संख्या कति छ तथा कुन कुरामा डाटा खपत गर्ने हो भन्ने आधारमा विभिन्न प्याकेज वा स्किम बनाएका हुन्छन्।
यस्ता प्याकेज व्यक्ति, परिवार तथा सानादेखि ठूला कार्यलयहरुका लागि भनेर तयार पारिएको हुन्छ।
यस्तोमा आफूलाई सुहाउँदो डाटा प्याकेज कसरी छनोट गर्ने त ?सुविसु केबल नेट प्रालीकी मिडिया कोर्डिनेटर रेजिना आचार्यको भनाईमा आइएसपीहरुले औसतरुपमा ग्राहकहरुको वर्गीकरण गरेर प्याकेज बनाउने हुनाले आफूलाई सुहाउँदो स्पिड, डाटा भोल्युमको प्याकेज छनोट गर्ने गर्नुपर्छ।
उनले प्याकेज छनोट गर्दा प्राविधिकहरुसँग परामर्श गरेमा उनीहरुले प्रयोजन तथा प्रयोगकर्ता हेरेर कस्तो खालको प्याकेज लिँदा आफूलाई सुहाउँछ भन्ने सल्लाह दिन सक्छन्। त्यस्तै, इन्टनेट निकै समय अघिदेखि नै चलाईरहेका साथीभाई वा आफन्तहरुसँग कुन कम्पनीको इन्टरनेट कस्तो छ भन्ने जानकारी लिएर मात्र प्याकेज छनोट गर्नुपर्छ
त्यस्तै, वल्र्डलिङ्क कम्युनिकेसन प्रालिका प्राविधिक उज्वल सापकोटाका अनुसार औसत एक परिवारलाई ५ एमबिपिएसको स्पिड भएको इन्टरनेट सुहाउँदो हुन्छ।
एउटा परिवारमा थोरै मात्र सक्रिय सदस्य छन् र इन्टरनेटको प्रयोग सामान्य वेभसाइट खोल्न, मेल पठाउन वा हेर्न, फेसबुक, भाइबर, म्यासेन्जर जस्ता सामाजिक सञ्जाल खोल्न र भिडियोको धेरै प्रयोग नहुने साइट खोल्न जस्ता साधारण कार्यमा डाटा खर्च गर्ने हो भने २ एमबिपिएसको स्पिडसहितको लिमिटेड प्याकेज छनोट गर्न सकिने उनले बताए।
तर कम सदस्य भए पनि धेरै डाटा खपत गर्ने ‘हेभ्भी युर्सर’ भएको खण्डमा वा युटुब हेर्न, सामाजिक सञ्जाल चलाउन तथा एड्भान्स वेभसाइट खोल्न समेत ५ एमबिपिएस स्पिडको प्याकेज पर्याप्त हुने उनको बुझाई रहेको छ।
टोरेन्ट जस्ता साइटहरुबाट लामा खालका भिडियोहरु डाउनलोड गर्ने, युटुब तथा अन्य भिडियो साइटहरुमा धेरै भिडियोहरु हेर्ने, इन्टरनेट मार्फत धेरै काम गर्नुपर्ने तथा इन्टरनेट टिभी जस्ता कार्यमा धेरै ब्याण्डविथ आवश्यक पर्ने हुनाले धेरै एमबिपिएसको स्पिड भएको अनलिडिटेड प्याकेज सुहाउँदो हुने उनको तर्क छ।
अ
फिसहरुमा भने सामान्यतया १० एमबिपिएस भन्दा माथिका प्याकेज छनोट गर्दा सहज हुन्छ। सापकोटाको जस्तै मत व्यक्त गर्छन भायोनेट कम्युनिकेसन प्रालिका प्राविधिक हरी शाही पनि।
शाहीको अनुभवमा इन्टरनेट सेवा प्रदायक कम्पनीले यो प्याकेज जोड भन्दा पनि ग्राहक स्वयंले प्रयोजन तथा प्रयोगकर्ता संख्याका आधारमा आफूलाई अनुकुल प्याकेज छान्ने गर्नुपर्छ।
उनका अनुसार प्याकेज छनोट गर्दा कति जना प्रयोगर्काले इन्टरनेटमा पनि के चलाउने भन्ने कुराले कस्तो प्याकेज छनोट गर्ने हो भन्ने कुरा निर्धारण गर्छ।
हाल यी आइएसपीहरुले ५ एमबिपिएस स्पिड तथा अन्लिमिटेड डाटा भोल्युमको शूल्क प्रति महिना १२ सय देखि २३ सयसम्म लिने गरेका छन्। त्यस्तै त्यसभन्दा माथि १० एमबिपिएस स्पिड तथा अन्लिमिटेड प्याकेजको मासिक शूल्क १६ सयदेखि ३ हजार सम्म पर्छ।
आइएसपीले दिएको कस्टरमर पोर्टल आइडी मार्फत खपत भएको डाटाको विवरण हेर्न सकिन्छ। यदि प्याकेजले दिएको डाटा भन्दा कममात्र खपत हुने रहेछ भने डाटा प्याकेजको भोल्युम घटाएर नयाँ प्याकेज लिन सकिन्छ।
त्यस्तै, प्याकेजको डाटा भन्दा धेरै खपत हुने रहेछ भने त्यसै अनुसारको नयाँ प्याकेज लिनु बुद्धिमानी हुने प्राविधिकहरु सुझाब दिन्छन्।
उनीहरुका अनुसार इन्टरनेट जोडी सकेपछि बेलाबेलामा वाइफाईको पासवर्ड परिवर्तन गरिरहने, बे्रक गर्न नसकिने ड्ब्लुपिएस राख्ने, सस्तो भन्दा पनि गुणस्तरीय राउटरको प्रयोग गर्ने जस्ता कुरामा जोड दिने गर्नुपर्छ।