राष्ट्रपति विद्यादेवी भण्डारी अन्तर्राष्ट्रिय श्रम संगठन (आइएलओ) को १०६ औँ सम्मेलनमा सहभागी हुन स्वीजरल्यान्डको जेनेभा आइपुगेकी छिन्।
राष्ट्रपति भण्डारी वोल्ड अफ वोर्क समिटमा श्रम र महिलाको हकहितको भविश्य विषयमा बिहिबार विशिष्ट अतिथिको रूपमा बोल्ने कार्यक्रम छ। उनीसँगै मरिसस र माल्टाका महिला राष्ट्रप्रमुखहरु पनि बोल्नेछन्।
शुक्रबार नेपाली दूतावासले राष्ट्रपति भण्डारीसँग स्वीस निवासी नेपालीहरुको भेटघाट कार्यक्रम राखेको छ।