आफ्नो गुणस्तरबारे सर्वसाधारणलाई जानकारी गराउने उद्देश्यले सर्वोत्तम सिमेन्टले ‘सर्वोत्तम नै किन ?’ अभियान सुरु गरेको छ। यस अभियानमा सर्वसाधारणलाई आफ्नो उत्पादनको गुणस्तर र प्रयोगबारे जानकारी गराउने कम्पनीले जनाएको छ।
कम्पनीले सर्वाेत्तम ओपिसी र श्रीग्रिन सर्वोत्तम पिएससी नामका सिमेन्ट नेपालभर बिक्री गर्दै आएको छ। नेपालमै पहिलो पटक डेनमार्कबाट आयातित अत्याधुनिक यूरोपियन मेसिनद्वारा सिमेन्ट उत्पादन भएकाले मसिनोपन प्रतिग्राम ४५०० सेन्टिमिटर स्क्वायरसम्म रहेको कम्पनीले बताएको छ।
उत्पादनको क्रममा प्रयोग हुने क्रसबार कुलर इन्टेलिजेन्ट मेसिन कन्ट्रोलले गुणस्तरमा एकरुपता प्रदान गरेको कम्पनीले जनाएको छ। कम्पनीका अनुसार वाटरप्रुफ लेमिनेटेड बोरामा सिमेन्टको प्याकिङ हुने गरेको छ, जसले गर्दा भण्डारण अवधिभर गुणस्तर कायम रहन्छ।
सर्वोत्तम सिमेन्ट उद्योेगको दैनिक उत्पादन क्षमता ४० हजार बोरा रहेको छ। आइएसओ 9001 गुणस्तर, 14001 वातावरणमैत्री मान्यता सर्वोत्तम ब्राण्डले पाएको छ। भूकम्प प्रभावित ८ जिल्लामा सहुलियत दरमा सिमेन्ट उपलव्ध गराउने प्रतिबद्धता कम्पनीको छ।