श्रम तथा रोजगार मन्त्री फरमुल्लाह मन्सुरले सरकारको मुख्य एजेण्डा तीनै तहको निर्वाचन, संविधान संशोधन र देशलाई आर्थिक सम्बृद्धि बनाउने लक्ष्य रहेको बताएका छन्।
नेपाली कांग्रेस बाराले कलैयास्थित विपि स्मृति भवनमा शुक्रबार आयोजना गरेको सम्मान तथा स्वागत कार्यक्रमलाई सम्बोधन गर्दै श्रम मन्त्री मंसुरले संविधान कार्यन्वयनको लागि कांग्रेसका सभापति शेरबहादुर देउवाको नेतृत्वमा गठन भएको सरकार निमार्णको पहिलो एजेण्डा दोस्रो चरणको स्थानीय तहको निर्वाचन असार १४ गते र माघ ७ गते भित्र संघीय संसद र प्रदेश सभाको निर्वाचन भएको बताए।
श्रम मन्त्री मंसुरले विश्श्वेर प्रसाद कोईरालाको तस्विरमा माल्यापर्ण गर्दै संविधान प्रति देखिएको असन्तुष्टिहरुलाई हटाई तराई मधेश, पहाड, हिमालका जनताहरुको सम्मानलाई जोडेर देशको मुलधार राजनीतिमा ल्याउन संविधान संशोधन गरी सर्वस्वीकार्य बनाउने दोस्रो एजेण्डा रहेको बताए।
उनले राजनीतिक लडाई समाप्त गरी मुलुकलाई प्रगतिको दिशामा लग्न आर्थिक स्मृद्धि गर्ने तेस्रो एजेण्डा रहेको बताए। ७० वर्षदेखि लडेको लडाई देशको मालिक जनता हुनुपर्ने त्यो आज पुरा भएको भन्दै श्रम मन्त्री मंसुरले भने, ‘संघीय लोकतान्त्रिक गणतन्त्र संविधान पारित भएपछि अब देशको मालिक हुन त्यो स्थापित भएको छ। नेकपा एमालेले पहाडेवाद र मेधशवादी दल भनाउदाहरु राजनीति गरी मुलुकमा सम्प्रदायिकता फैलाउने काम गरेको तर नेपाली कांग्रेसले पुलको काम गरी तराई मधेश पहाड हिमाललाई जोडने काम गरेको छ।’
नेपाली कांग्रेसलाई पराजित गर्न सम्पुर्ण दल लागिपरेकोले त्यस तर्फ सचेत हुंदै पार्टी भित्र रहेको अनेकतालाई हटाई एकरुपता ल्याई दोस्रो चरणको निर्वाचनमा नेपाली कांग्रेसलाई विजयी बनाउन सम्पूर्ण पार्टीका नेता तथा कार्यकर्ताहरु एक ढिक्का भएर लाग्नुपर्ने बताए।
विपि कोईरालाले निमार्ण गरेको पार्टीका लागि उहाँका ३ विचारलाई लिएर निर्वाचनमा होम्मिन पार्टीका नेता तथा कार्यकर्ताहरुलाई श्रम मन्त्री मंसुरले निर्देशित गरे।
कार्यक्रममा सांसद लालबाबु सिंह, क्षेत्र नं. ३ का क्षेत्रिय सभापति फुलमहम्मद मंसुर, सचिव संजय गुप्ता, नगर सभापति पुरुषोतम पाण्डे, पार्टीका पूर्वजिल्ला सचिव तेजनारायण साह, नेपाल तरुण दल बाराका अध्यक्ष लुकेश सिंह, विशेश्वरसंग कार्यक्रमका संयोजक पंकज पाण्डे, ओबिसि समन्वय समितिका उपाध्यक्ष राजेश साह लगायत तथा पार्टीका नेता तथा कार्यकर्ताहरुको सहभागिता थियो।