मुक्तिनाथ विकास बैंकले भरतपुर महानगरपालिकाको पार्वतीपुरमा शाखा संचालनमा ल्याएको छ।
शाखाको चितवन उद्योग वाणिज्य संघका अध्यक्ष राजन गौतमले उद्घाटन गरे। सो अवसरमा उनलेस्थानीय उत्पादनलाई प्राथमिकता दिई आयातलाई प्रतिस्थापन गरी निर्यात प्रवद्र्धन गर्नुुपर्ने र रेमिट्यान्सलाई पुँजी निर्माणमा रुपान्तरण गरी उत्पादन मुलक क्षेत्रमा लगानी गनुपर्ने बताए।
कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत भरतराज ढकाललविगत, वर्तमान अवस्था र बैंकको भावी रणनीतिका बारेमा चर्चा गरेका थिए। बैंकले नेपाली समाजको आवश्यकता अनुसारका सेवाहरु प्रदान गर्दै आइरहेको बताए।
बैंकले “जनता बैंकमा होइन, बैंक जनतामा जानु पर्दछ” भन्ने मान्यतालाई आत्मसात गर्दै कुल ५९ वटा शाखा कार्यालयहरुबाट सेवा प्रदान गरिरहेको छ। विकास बैँकले हालसम्म कुल१५ अर्ब ३० करोड निक्षेप संकलन गरी१४ अर्ब २६ करोड कर्जा लगानी गरेको छ। साथै बैंकले सेयर कारोवार गर्ने लगानीकर्ताहरुको लागि आस्बा सेवा निःशुल्क रुपमा प्रदान गर्दै आईरहेको छ।