हालै ३० प्रतिशत हकप्रद सेयर जारी गरेको सिद्धार्थ बैंकले पुनः १० प्रतिशत दिने निर्णय गरेको छ। बैंकको संचालक समितिको बैठकले ३० प्रतिशत हकप्रद पश्चात हुन आउने पुँजीमा १० प्रतिशत हकप्रद दिने निर्णय गरेको हो।
उक्त प्रस्ताव पारित गर्न तथा संचालक समितिको संरचना मिलाउन बैंकले आगामी असार १८ गते विशेष साधारण सभा गर्ने निर्णय समेत गरेको छ। बैंकले हाल देशभर रहेका ७० शाखा, २ एक्स्टेन्सन काउन्टर, ८८ एटिएम, ७० शाखारहित बैंकिङ्ग सेवा केन्द्र मार्फत सेवा प्रदान गर्दै आएको छ।
चालु आर्थिक वर्षको चैत मसान्तसम्म बैंकले ९५ करोड ७० लाख खुद मुनाफा आर्जन गर्न सक्षम रह्यो।