साता कारोबारको अन्तिम दिन सेयर बजारका सबै सूचकहरु ओर्लिएका छन्। यस दिन नेप्से परिसूचक ७. ९४ अंकले ओर्लियो भने सेन्सिटिभ सूचक १. ७९ अंकमा रातो रह्यो।
बैंकिङ ७, होटल ४०, जलविद्युत ३, फाइनान्स ७, बिमा ३९ र उत्पादन समूह १७ अंकले ओर्लिए। त्यस्तै विकास बैंक समूह ०. ८७ अंकमा रातो रह्यो। कारोबार रकम पनि यस दिन खस्किएको छ। कुल १ सय ४९ कम्पनीको ४८ करोड ९७ लाखको सेयर खरिदबिक्री भएको छ। बजारको पुँजीकरण १८ खर्ब ८९ अर्ब कायम भएको छ।
स्टाण्डर्ड चार्टड बैंकको सबैभन्दा बढी रकमको सेयर कारोबार भयो। सो कम्पनीको ३ करोड ६६ लाखको कारोबार हुँदा मूल्य प्रतिकित्ता २२ सय ९८ कायम भएको छ।
त्यस्तै नेपाल लाइफ इन्स्योरेन्सको २ करोड ८३ लाखको कारोबार भयो भने एभरेष्ट बैंकको १ करोड ५७ लाखको सेयर किनबेच भयो।
आरएसडिसी लघुवित्त र वर्ल्ड मर्चेन्ट बैंकिङ एण्ड फाइनान्सको मूल्य भने झण्डै १० प्रतिशतको हाराहारीमा बढेकमो छ। प्रोग्रेसिभ फाइनान्स र सहारा विकास बै.कको मूल्य ६ प्रतिशत बढीले घटेको छ।